७७ वटै जिल्लामा फैलियो कोरोना, शनिबार ५५४ संक्रमित थपिए

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा शनिबार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५५४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको छ । जसमा १ हजार ३६९ महिला र १० हजार ९४० पुरुष रहेका छन् ।

नेपालमा हालसम्म २८ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा १८ महिला र ११८ पुरुष छन् ।

योसँगै निको भएर घर फर्किनेको कुल संख्या २८३४ पुगेको छ । जसमा २६७ महिला र २५६७ पुरुष रहेका छन् ।

गत चौबिसघन्टामा ४६०६ जनाको पिसिआर र ३६८५ जनाको आरडिटी गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

हाल ६५ हजार ७१२ जना क्वारेन्टाइनमा र ९ हजार ४४९ आइसोलेसनमा रहेका छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...