ट्याक्टरको रोटाभेटरमा परेर एकको मृत्यु

अन‌ि यो पनि

भरतपुर । धान रोप्नका लागी खेत सम्याउने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं ४ का ५७ बर्षीय रिठ्ठे परियारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रोटाभेटर (जमिनको सतह सम्याउने यन्त्र)को नट फुस्किएपछि जोड्ने क्रममा रोटाभेटरले नै थिचेर परियारको घटनास्तलमा नै मृत्यु भएको प्रहरी कार्यालयका इन्सपेक्टर सुवास भट्टले जानकारी दिए । परियारले आफ्नै खेतमा धान रोप्नका लागी ट्याक्टर बोलाएका थिए ।

ना ७ त ४४८८ नम्बरको ट्याक्टर र ट्याक्टर चालक खैरहनी नगरपालिका वडा नं २ घर भएका ४१ बर्षीय होम बहादुर राणालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । शवलाई पोष्ट मार्टमका लागी भरतपुर अस्पताल ल्याइएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया