कैलालीका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालमा उपचाररत कैलालीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरको समेत उपचार गराएका कैलालीको गोदावरी नगरपालिकाका ५० बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजबाट असार ११ गते राति भरतपुर अस्पताल सारिएको थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा राखेर उपचार गराउँदा पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुर अस्पतालमा यसअघि जेठ २७ गते कोरोना संक्रमित ६८ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया