गैंडाकोट । लायन्स क्लव अफ गैंडाकोटको आठौँ साधारण सभा तथा अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले हरिराम सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा गोविन्द सुवेदी, षडानन्द लामिछाने र सीता न्यौपाने निर्वाचित भएका छन् ।
यस्तै सचिवमा राजेन्द्रप्रसाद गौडेल,सहसचिवमा जानुमाया सिग्देल र कोषाध्यक्षमा तुलसीप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा हरिप्रसाद भट्ट, शिवराज काफ्ले, बुद्धिमान गौडेल, यदुनाथ सापकोटा, उत्तम प्रधान र ज्ञानप्रसाद खनाल निर्वाचित भएका छन् ।
–मीना श्रेष्ठ (प्रशिक्षार्थी)
Discussion about this post