कस्तो रहेछ
कोभिड–१९ भन्ने चीज
सूक्ष्म आक्रमण गर्दोरहेछ
मानिसका लश्करहरुलाई
एसियाको चीनमा
आक्रमण ग¥यो पहिले
अनि युरोप, अमेरिका
एसिया र अफ्रिकातिरका सबैलाई ।
लाखौँलाख संक्रमित गरायो
लाखौँलाखलाई मृत्युलोक पु¥यायो
डाक्टर, वैज्ञानिक कसैलाई
राम्रोसँग टेर्दै टेरेन
शक्तिशाली र कमजोर
कसैलाई पनि छोडेन ।
प्राणभन्दा प्यारो
अहिले केही छैन
हामी सबै मिली
यसलाई परास्त नगरी हुन्न
छिनछिनमा साबुनपानीले
राम्ररी हात धोऔँ
सबैले मुख र नाक छोपी
राम्रो मास्क लगाऔँ ।
घरैमा बसौँ
भीडभाडमा जाँदै नजाऔँ
नमस्ते भनौँ
हात कहिल्यै नमिलाऔँ
सामाजिक दूरी
सधैँ कायम गरौँ
सरकारी बन्दाबन्दीको पनि
उचित पालना गरौँ ।
सबैले रोगप्रतिरक्षाको
शक्ति वृद्धि गरौँ
विश्वका वैज्ञानिक र डाक्टर
सबै मिलिजुली
कोभिड–१९ को औषधि खोजौँ
विश्वका सम्पूर्ण
मानवजातिको रक्षा गर्न
कम्मर कसौँ ।
dhakalbinod1@gmail.com