गजल

अन‌ि यो पनि

जब बोकेर झोलामा राहदानी तँ परदेश गएपछि
चल्न थाल्यो आफ्नै मनोमानी तँ परदेश गएपछि

कैले कहाँ कैले कहाँ डुल्छे घरमा बासै हुन्न बुहारीको
घुम्दै हिँड्छे हप्तैपिच्छे केटा छानी तँ परदेश गएपछि

केही भन्नै हुन्न उसलाई सानो कुरामा रिसाइहाल्छे
झगडा हुन थाल्यो साँझ बिहानी तँ परदेश गएपछि

छरछिमेकले कुरा काट्छन् यौटा राम्रो कुरो सुन्नु छैन
हुन थाल्यो बाबु साह्रै नै हैरानी तँ परदेश गएपछि

ढलेको सिन्को उठाउँदिन मेलापात नि आफैँ गर्छु
बोक्नै छोडी पँधेराको पानी तँ परदेश गएपछि

रक्सी पिई घरमा आउँछे बालबच्चाको वास्तै छैन
लाग्न थाल्यो अचेल नराम्रो बानी तँ परदेश गएपछि

(माण्डवी गाउँपालिका–४, प्युठान,
हाल : भरतपुर चितवन)

[email protected]

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया