सिजी ल्यान्डमार्कमा सेवा सुरू

अन‌ि यो पनि

भरतपुर । सपिङ मल सिजी ल्यान्डमार्कमा विश्वविख्यात ब्रान्डका सामग्रीको कारोबार गरिरहेका व्यवसायीले उच्च सावधानीका साथ ग्राहकलाई सामान उपलब्ध गराउन थालेका छन् ।

जिल्लामा ब्रान्डेड सामानहरु अन्यत्र नपाइने हुँदा ब्रान्ड लोयल उपभोक्ताका लागि पर्याप्त सुरक्षा सावधानी अपनाएर सामान उपलब्ध गराउन थालेको मलमा पसल सञ्चालन गरिरहेका व्यवसायी विदुर पौडेलले जानकारी दिए ।

सरकारले अन्यत्र व्यवसाय गर्न अनुमति दिए पनि सपिङ मल खोल्न अनुमति दिएको छैन । यस्तो अवस्थामा ब्रान्ड लोयल ग्राहकका लागि विशेष व्यवस्था गरिएको उनले बताए ।

पर्याप्त सावधानीका साथ दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सामान लिन सक्ने व्यवस्था मिलाएको उनको भनाइ छ । मल म्यानेजर उज्ज्वल केसी मलका व्यवसायीले सीमित समयमा पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको बताउँछन् ।

सामाजिक दूरी, मास्क, स्यानिटाइजरजस्ता सुरक्षा सामग्रीलगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे/नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्मरुपमा निगरानी गरिरहेको म्यानेजर केसीले जानकारी दिए ।

‘यो अप्ठेरो अवस्थामा ग्राहकको आवश्यकता पनि परिपूर्ति गर्नुपरेको छ, संक्रमणबाट पनि बच्नु÷बचाउनु छ,’ केसी भन्छन्, ‘त्यसकारण हामीले मलमा व्यवस्था गरिएको संयन्त्रमार्फत सूक्ष्मरुपमा निगरानी गरिहेका छौँ ।’

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया