कर छूटको घोषणाप्रति उवासंघ–चितवनको स्वागत

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले व्यवसायीहरुलाई कर छूट दिने भएको छ । नगरसभामा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गर्दै पर्यटन र मनोरञ्जन व्यवसायीहरुलाई करमा २५ प्रतिशत, घरवहाल करमा ७ प्रतिशत र अन्य व्यवसायलाई १५ प्रतिशत छूट दिइने घोषणा गरेका हुन् ।

उद्योग वाणिज्य संघ–चितवनले भरतपुर महानगरपालिकाको सम्पन्न नगरसभामार्फत भरतपुरका व्यवसायीलाई गरेको व्यवसाय कर छूटको घोषणाको स्वागत गरेको छ । महानगरपालिकाले गरेको कर छूट घोषणाले व्यवसायीलाई थोरै भए पनि राहत महसुस भएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।

‘कर तिर्नु व्यवसायीको दायित्व हो तर, संकटको अवस्थामा व्यवसायीलाई टिकाइ राख्नका लागि सरकारद्वारा विभिन्न राहतका प्याकेजहरुको घोषणा गर्नुपर्दछ’ अध्यक्ष श्रेष्ठले भने ।

व्यवसाय करमा छूट दिनको लागि उद्योग वाणिज्य संघ–चितवनले पहल गर्दै आइरहेको संघका कामु कार्यकारी निर्देशक नीलबहादुर केसीले बताए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया