नारायणगढ । कँडेल ब्रदर एण्ड एशोसिएट्सले अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुका लागि भीषा प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले सेमीनार सम्पन्न गरेको छ ।
कार्यक्रममा अहिलेको ताजा अवस्था, भविष्यमा अष्ट्रेलियाका लागि विद्यार्थी भीषाको प्रारुप कस्तो हुने भन्ने विषयमा अष्ट्रेलियाको डार्बिनबाट आएका शम्भु कँडेलले जानकारी दिए । उनका अनुसार विश्वासिलो वित्तीय कागजात पेश गर्न सके अझै पनि अष्ट्रेलियाको भीषा सम्भव भएको उल्लेख गरे । कँडेल ब्रदरले छिट्टै चितवन शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ । सेमीनारमा १५० विद्यार्थीको उपस्थििति रहेको थियो ।
–अमृता श्रेष्ठ (प्रशिक्षार्थी)
Discussion about this post