नगरसभामा करदाता र खेलाडी सम्मानित

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले छैटौँ नगरसभाको अवसर पारेर करदाता, कर्मचारी, खेलाडीसहित महानगरपालिकालाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।

शुक्रबार महानगरपालिकाको नगरसभाको समापनमा कर तिर्ने विभिन्न सात जना, कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने १३ जना, विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सात जना र महानगरपालिकाका १४ जना कर्मचारीलाई सम्मान गरिएको छ ।
त्यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता ६ जना तथा राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने चार जना खेलाडीलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

महानगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उनीहरुलाई सम्मान गरेका हुन् । महानगरपालिकाले सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता भरतपुर १५ की मिनु गुरूङ र तेक्वान्दोमा स्वर्ण पदक विजेता भरतपुर १६ की संगीता बस्याललाई ७५ हजार रूपैयाँका दरलले सम्मान गरेको छ ।

त्यस्तै, भारत्तोलनमा कास्य विजेता भरतपुर ६ का कमलबहादुर अधिकारी, भरतपुर ७ का पुकार गुरूङ, भरतपुर १० का सन्देश गुरूङ, भारत्तोलनका मुख्य प्रशिक्षक राम पौडेललाई २५ हजारका दरले सम्मान गरेको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए ।

त्यस्तै, राष्ट्रिय खेलकूदमा लङजम्पतर्फ स्वर्ण पदक विजेता भरतपुर २७ का भुवन महतोलाई ५० हजार रूपैयाँसहित सम्मान गरिएको छ ।

राष्ट्रिय खेलकुदमा नै बक्सिङतर्फ रजत पदक प्राप्त भरतपुर २ का भूमिलाल श्रेष्ठ, भलिबलतर्फ रजत प्राप्त गर्ने भरतपुर २७ की आरती सुवेदी र भलिबलकै रजत पदक प्राप्त गर्ने भरतपुर २७ की रजना महतोलाई महानगरपालिकाले ३० हजार रूपैयाँसहित सम्मानित गरेको छ ।

महानगरलाई सबैभन्दा बढी कर तिर्ने उद्योग क्षेत्रबाट बोटलर्स नेपाल तराई लिमिटेड, कृषितर्फ नवगंगा दाना उद्योग प्रालि, स्वास्थ्यतर्फ चितवन मेडिकल कलेज, वित्तीयतर्फ एभरेष्ट बैंक, सञ्चारतर्फ चित्रवन युनिक केबल टिभी प्रालि, बहालकरतर्फ भरतपुर ३ की कल्याणी श्रेष्ठ तथा शिक्षातर्फ वाल्मीकि शिक्षा सदन सम्मानित भएका हुन् ।

त्यस्तै, कोभिड १९ को जोमिख न्यूनीकरण गर्न सहयोग गर्ने, युएनडिपीको विपद् जोखिम न्यूनीकरण परियोजना, न्यू ओम मिल स्टोर्स, स्टुडेन्ट ड्रेस हाउस, इन्द्रलाल श्रेष्ठ, आविस्कार पोल्ट्री, नेप्स कफी, एनआरएनए टेक्सास, आर्ट अफ लिभिङ, प्रतीक एण्ड फ्रेन्डस् चितवन, नेपाल रेडक्रस सोसाइटी चितवन, गिर्मु सिटी, राहत संकलन तथा वितरण समिति रामनगर, रोटरी क्लब अफ चितवनलाई समेत महानगरपालिकाले नगरसभाको बन्दसत्रमा सम्मान गरेको हो ।

त्यसैगरी, पत्रकार सुरेशचन्द्र अधिकारी, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवनलाई समेत कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापनमा सहयोग गरेबापत महानगरपालिकाले सम्मानपत्रसहित सम्मानित गरेको छ । त्यस्तै, महानगरपालिकाको पहिलो बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गर्न सफल भएबापत वडा नम्बर १४ कार्यालयलाई पनि नगर सभाको अवसरमा सम्मान गरिएको थियो ।

नगरसभाकै अवसरमा विपद् व्यवस्थापन कोषमा रकम सहयोग गर्ने पोखरा फाइनान्स लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था, भरतपुर १० का लेखनाथ अधिकारी, विकू सहकारी संस्था, किसान सहकारी संस्था, नवविवाहित दम्पती प्रवेश पौडेल र सृष्टि भुसाल तथा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समेत महानगरपालिकाले सम्मान गरेको हो ।

महानगरपालिकाले १४ जना उत्कृष्ट कर्मचारीलाई समेत नगरसभाको अवसरमा सम्मानित गरेको छ । महानगरको सबै क्षेत्रका कर्मचारी समेटिने गरी उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया