बोटलर्स तराईका मजदुर फेरि आन्दोलित

अन‌ि यो पनि

भरतपुर । बोटलर्स तराई नेपाल लिमिटेडका मजदुरहरुले लकडाउनका कारण स्थगित भएको आन्दोलन फेरि ब्युँझाएका छन् ।

गत वर्ष चैत ६ गतेदेखि केही दिन गरेको आन्दोलन लकडाउनका कारण रोकिएको थियो । तर, असार १ गतेबाट केही सहज भएसँगै कम्पनीका कामकाज पनि सञ्चालन भएपछि रोकिएको आन्दोलनलाई फेरि ब्युँझाएको आन्दोलन संघर्ष समितिले जनाएको छ ।

कम्पनीको वेयर हाउस विभागमा लोड/अनलोडको काम गर्दै आएका मजदुरहरुले आफूहरुलाई बहाना बनाएर रोजगारीबाट हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ घटक अखिल नेपाल मजदुर संघ बोटलर्स तराई नेपाल लिमिटेडमार्फत मजदुरहरुले आन्दोलन गरेका हुन् ।

अहिले ४४ जना मजदुर आन्दोलनमा सहभागी भएको संघका अध्यक्ष बुद्धिमान सेन्चुरीले जानकारी दिए । विगत एक दशकदेखि कम्पनीमा मजदुरी गर्दै आइरहेकाहरुलाई पुनर्बहालीको माग गर्दै पुनः आन्दोलनमा होमिएको उनले बताए ।

पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरिएको उनको भनाइ छ । कम्पनीमा कार्यरत सबै मजदुरलाई पुनर्बहाली गर्न शुक्रबारदेखि आन्दोलनका कार्यक्रम सुरू गरेको उनले बताए । संघको निर्णयअनुसार आज शनिबार बिहान १० बजेदेखि २ बजेसम्म र भोलि आइतबार बिहान १० देखि साँझ ६ बजेसम्म ढुवानीका सम्पूर्ण साधनहरुको आवतजावत ठप्प पार्ने चेतावनी दिइएको छ ।

केही दिनको आन्दोलनबाट पनि माग सम्बोधन नभए असार १५ गतेदेखि १५ दिनसम्मका लागि कम्पनीका सबै ढुवानीका सवारीसाधनलाई आवतजावतमा पूर्ण रोक लगाउने अध्यक्ष सेन्चुरीले जानकारी दिए ।

गएको डिसेम्बर महिनाबाट कम्पनीले लोड÷अनलोड गर्ने मजदुरहरुलाई हटाएको थियो । कम्पनीले ढुवानी ठेकेदारसँग विभिन्न बहाना बनाएर आफूहरुलाई हटाएको उनीहरुको आरोप छ । सोही आधारमा गत चैत ६ गतेदेखि आन्दोलन गर्दै आएका मजदुरहरुले लकडाउनका कारण आन्दोलनका कार्यक्रम पनि स्थगित गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा ८९ जना संक्रमित, २४ जना संक्रमणमुक्त, चार जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो २४ घन्टामा ८९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार मंगलबार पिसिआर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया