नारायणी नदी तटबन्धले जोगायो बस्ती

अन‌ि यो पनि

भरतपुर । नारायणी नदीकिनारमा गरिएको तटबन्धले रामघाट र शिवघाटलगायत तटीय क्षेत्रका बस्ती जोगाएको छ । तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सो कार्य सम्पन्न भएका थिए । सो स्थान तीन सयभन्दा बढी घर बाढीको जोखिममा रहेका बताइएको छ ।

भरतपुर महानगरपालिका–४ नारायणीधाम आश्रमनजिक गरिएको तटबन्धले ठूलो क्षति हुनबाट जोगाएको वडाध्यक्ष हरि आचार्यले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको सो कार्यक्रमबाट रू २५ लाखको बजेट ५० लाखभन्दा बढीको काम भएको उनले बताए ।

“नारायणी गाउँतिर पस्छ कि भन्ने अवस्थामा हुँदा गरिएको तटबन्धले गाउँ सुरक्षित भएको छ”, उनले भने, “नदीकिनारका बासिन्दाको जमिन व्यवस्थापन राम्रो भएको छ ।”

निःशुल्क रुपमा श्रमदान भएर काम हुँदा थोरै बजेटले पनि धेरै काम हुन सकेको उनको भनाइ छ । सो कार्यक्रमलाई यहाँ निरन्तरता दिनका लागि भरतपुर महानगरपालिकामार्फत विभिन्न योजना पेश गरेर पहल भइरहेको उनले बताए ।

नारायणीधाम आश्रम तटबन्ध उपभोक्ता समूहका अध्यक्ष तारानाथ पौडेलले तीन महिनामा श्रमदानसहित काम सम्पन्न गरिएको बताए । “यो तटबन्धले आश्रमको सुरक्षादेखि यहाँका तीन सय परिवारलाई सुरक्षित बनाएको छ”, उनले भने, “नदी तटबन्धका लागि दुई सय १९ जाली भरिएको छ, जसका कारण आश्रमको करिब चार कट्ठा जमिनसमेत उकासिएको छ ।” नदी तटबन्धका लागि ५१ मिटर लम्बाइ ३१ मिटर चौडाइ तथा १० मिटर उचाइको तारजाली गरिएको उनले जानकारी दिए ।

नदी तटबन्धबाट स्थानीयवासी समेत खुसी भएका छन् । स्थानीयवासी कपिल अर्यालले नारायणी नदीको पानी बगिरहेको स्थानमा आफ्नो जग्गा भएको उल्लेख गर्दै नदी तटबन्धनका लागि सो जग्गा आउने आशा गरेको बताए ।

“तटबन्धको पछाडिको भागमा नदीले माटो थुपार्न सुरू गरिसकेको छ, मेरो जग्गा आउने लक्षण देखिइसकेको छ”, उनले भने, “हामी सबैको जग्गामा धेरै पहिलेदेखि नदीले कटान गरिरहेको थियो, नदीले बर्सेनी माटो झारिरहेको हुन्थ्यो अब त्यो माटो झर्ने काम बन्द हुने विश्वास लिएका छौँ ।” यस कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीयवासीको खुसी फर्काउनका लागि स्थानीय तथा सङ्घीय सरकारले ध्यान दिनुपर्ने उनले बताए ।

नारायणीधाम आश्रम तटबन्ध उपभोक्ता समूहका सदस्य एवं नारायणी सामुदायिक वनका अध्यक्ष महेन्द्र पौडेलले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत यहाँ भएको तटबन्धन यो क्षेत्रकै लागि राम्रो पक्ष भएको बताए । “नदी तटबन्ध गरेपछि यहाँदेखि तलका सबै बस्ती घरहरु सुरक्षित भएका छन्”, उनले भने, “यहाँ जसरी तटबन्धनको काम भएको छ यसले राष्ट्रको पैसा सही ठाउँमा सदुपयोग भएको हाम्रो विश्वास छ ।”

नदी कटानले हैरान खेप्दै आएका स्थानीयवासीलाई सो तटबन्धले ठूलो राहत दिएको छ । मनसुन सुरू भएपछि त्रासको अवस्थामा बस्न बाध्य स्थानीयवासी नदी तटबन्धनपश्चात् भने खुसीको सास फेर्न पाएको बताउँछन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया