बोटलर्स तराईका मजदुर फेरि आन्दोलित

अन‌ि यो पनि

भरतपुर । बोटलर्स तराई नेपाल लिमिटेडका मजदुरहरूले लकडाउनका कारण स्थगित भएको आन्दोलन फेरि ब्यूँझाएको छ । गतवर्ष चैत ६ गतेदेखि केही दिन गरेको आन्दोलन लकडाउनका कारण रोकिएको थियो । तर, असार १ गतेबाट केही सहज भएसँगै कम्पनीका कामकाज पनि सञ्चालन भएपछि रोकिएको आन्दोलनलाई फेरि ब्यूँझाएको आन्दोलन संघर्ष समितिले जनाएको छ । कम्पनीको वेयर हाउस विभागमा लोड–अनलोडको काम गर्दै आएका मजदरहरूले आफूहरूलाई बहाना बनाएर रोजगारीबाट हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ घटक अखिल नेपाल मजदुर संघ बोटलर्स तराई नेपाल लिमिटेडमार्फत आन्दोलन गरेका हुन् ।

अहिले ४४ जना मजदुर आन्दोलनमा सहभागी भएको संघका अध्यक्ष बुद्धिमान सेन्चुरीले जानकारी दिए । विगत एक दसकदेखि कम्पनीमा मजदुरी गर्दै आइरहेकाहरूलाई पुनर्वहालीको माग गर्दै पुनः आन्दोलनमा होमिएको उनले बताए । पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गरिएको उनको भनाइ छ । कम्पनीमा कार्यरत सबै मजदुरलाई पुनर्वहाली गर्न शुक्रबारदेखि आन्दोलनका कार्यक्रम सुरू गरेको उनले बताए । संघको निर्णयअनुसार शनिबार बिहान १० बजेदेखि २ बजेसम्म र असार १४ गते आइतबार बिहान १० देखि साँझ ६ बजेसम्म ढुवानीका सम्पूर्ण साधनको आवतजावत ठप्प पार्ने चेतावनी दिएको छ ।

केही दिनको आन्दोलनबाट पनि माग सम्बोधन नभए असार १५ गतेदेखि १५ दिनसम्मका लागि कम्पनीका सबै ढुवानीका सवारीसाधनलाई आवतजावतमा पूर्ण रोक लगाउने अध्यक्ष सेन्चुरीले जानकारी दिए ।

गएको डिसेम्बर महिनाबाट कम्पनीले लोड अनलोड गर्ने मजदुरहरुलाई हटाएको थियो । कम्पनीले ढुवानी ठेकेदारसँग विभिन्न बहाना बनाएर आफूहरुलाई हटाएको उनीहरुको आरोप छ । सोही आधारमा गत चैत ६ गतेदेखि आन्दोलन गर्दै आएका मजदुरहरुले लकडाउनका कारण आन्दोलनका कार्यक्रम पनि स्थगित गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया