गोन्द्राङको ढाट लोथरमा स्थानान्तरण

अन‌ि यो पनि

होमनाथ सापकोटा
रत्ननगर । सरकारले चितवनका गोन्द्राङमा रहेको सडक दस्तुर संकलन केन्द्र (ढाट) स्थानान्तरण गरेको छ । चितवनका स्थानीय तह, राजनीति दल र व्यवसायीहरुको दवाब पछि सरकारले सो ढाटलाई मकवानपुरको लोथरमा स्थानान्तरण गरेको हो । सडक बोर्ड नेपालको असार ४ गते बसेको १५० औं बैठकले सो ढाट गोन्द्राङबाट मनहरी गाउँपालिका ६ लोथरमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

रत्ननगर उद्योग बाणिज्य संघले प्रदेश सांसद कृष्णप्रसाद खनाल र रत्ननगरका मेयर नारायण वनलाई सहभागी गराई पत्रकार सम्मेलनको आयोजना गरी ढाट स्थानान्तरण भएको औपचारिक जानकारी गराएको छ । ढाट स्थानान्तरण गर्ने निर्णयको व्यहोरा सहित सडक बोर्ड नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,गृहमन्त्रालय,जिल्ला प्रशासन कार्यालय चितवन,भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकालाई पठाएको पत्र पत्रकार सम्मेलनमा उपलब्ध गराइएको छ ।

असार ४ गतेबाट सो ढाट गोन्द्राङबाट हटेको र कोरोना भाइसरको प्रभाव सामान्य भएपछि ढाट लोथरबाट सञ्चालन हुने पत्रमा उल्लेख छ । लकडाउनका कारण गोन्द्राङ ढाटमा दस्तुर उठाउने काम पूर्ण रुपमा बन्द भएकाले परिस्थिति सामान्य भएपछि ढाट स्थानान्तरण हुने छ । पत्रकार सम्मेलनमा प्रदेश सांसद खनालले अस्पताल जादाँ,मलामी जादा,नागरिकता बनाउन जादा कर तिर्नुपर्ने बाध्यकारी अबस्थाको अन्त्य भएको बताए । उनले देशभरका सडक दस्तुर संकलन केन्द्र बन्दहुनुपर्ने धारण राखे ।

सवारी साधन नवीकरण दर्ता त्यसैमा जोडेर सडक दस्तुर लिने नियम राज्यले बनाएर देश भरका ढाट हटाउनु पर्ने प्रदेश सांसद खनालको भनाई छ । संघका अध्यक्ष राजाराम रेग्मीले ढाटको विरोध गर्दा सार्वजनिक अपराधको मुद्धा खेप्नु परेको भन्दै मुद्धा खेपेर भएपनि पूर्वी चितवनबासीले झेल्दै आएको समस्या अन्त्य हुँदा खुसी लागेको बताए । २०७६ जेठ ३ गते ढाट स्थानान्तरणको विषयमा विवाद हुँदा सो ढाटमा अपरिचित व्यक्तिले तोडफोड र आगजनी गरेपछि संघका अध्यक्ष राजाराम रेग्मी सहित ९ जना विरुद्ध सार्वजनिक अपराधको मुद्धा लागेको थियो । घटनामा एकजना महिला प्रहरी घाइते समेत भएकी थिएन ।

पत्रकार सम्मेलनमा नेकपा रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो । संघका उपाध्यक्ष रघुनाथ भट्टले सञ्चालन गरेको सो कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया