मकवानपुर र सप्तरीमा चट्याङले लियो छ जनाको ज्यान

अन‌ि यो पनि

हेटौँडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । बुधबार राति चट्याङ लागेर बकैया–२, कालापानीका १७ वर्षकी सम्झना घिसिङ र २५ वर्षकी विना घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यस्तै, चट्याङकै कारण एक जना घाइते भएका छन् । चट्याङ लागेर पूर्णबहादुर जिम्वाको छोरा १४ वर्षीय किरण जिम्वा घाइते भएको र उनको दोभान स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । आआफ्नो घरमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ पर्दा सम्झनाको घटनास्थलमा र विनाको दोभान स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीमा ४ जनाको ज्यान गयो

सप्तरीमा बिहीबार बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङमा परेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

चट्याङमा परेर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र सप्तकोशी नदीछेउमै २७ वर्षीय बेचन यादवको मृत्यु भएको उनले जानकारी दिए । त्यस्तै, खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका–९, लक्षनपट्टीकी ३० वर्षीया ललितादेवी यादवको मृत्यु भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिए ।

त्यसैगरी, राजगढ गाउँपालिका वडा नम्बर–२, बेलही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ लागेर मृत्यु भएको बताइएको छ । चट्याङ लागेर घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले बताएको छ । बेलही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङले घाइते भएकी उनको गजेन्द्रनारायणसिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।

यसैबीच, उदयपुरमा चट्याङ लागेर बिहीबार एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । बिहान आएको मुसलधारे पानीेसँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका–१३, असारीका ४५ वर्षीय कानुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीका अनुसार चट्याङले लागेर सोही वडाको भातीखर्ककी ३१ वर्षीया अनिता खड्का घाइते घाइते भएकी छन् । उनको खुट्टाको केही भाग जलेको छ । सामान्य अवस्थामा रहेकी खड्काको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रनाउ पुरीले बताए । दुवैजना खेतमा काम गर्दै गरेको अवस्थामा चट्याङले हानेको प्रहरीले जनाएको छ ।

चट्याङले हानेर घाइते भएका चौधरीलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया