पूर्वी नवलपरासीमा संक्रमितको संख्या २१० पुग्यो

अन‌ि यो पनि

नवलपरासी । पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमितको संख्या २१० जना पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार बिहीबार राति पुष्टि भएका कावासोती नगरपालिकाको १४ जना, गैँडाकोट नगरपालिकाको ७ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या २१० जना पुगेको हो ।

कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्टमध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै नवलपुरमा २१ जना थपिएको पुष्टि गरेको छ ।

भरतपुर अस्पतालले दिएको जानकारीअनुसार कावासोती नगरपालिकाको दुई महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

कावासोती नगरपालिकाकी ३७ र २५ वर्षीया दुई महिला, २४, २४, ३०, ३५, २२, १८, २९, ५८ र १८ वर्षीय १२ जना पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाकारी दिएको छ । योसहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।

त्यसैगरी पूर्वीे नवलपरासीको गैँडाकोट नगरपालिकामा विहीबार राति ७ जना नयाँ संक्रमित थपिएका छन् ।

गैँडाकोट नगरपालिकाको १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा बिहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

गँैडाकोट नगरपालिकाका ५३, ३४, २३, २५, ५२, ५२ र २५ बर्षीय गरी ७ जना पुरुषमा संक्रमण देखिएको हो । योसहित गैँडाकोट नगरपालिकामा संक्रमितको संख्या १८ पुगेको छ ।

त्यसैगरी बिहीबार दिउँसो विनयी त्रिवेणीमा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको थियो ।

पूर्वी नवलपरासीमा अहिलेसम्म गैँडाकोट नगरपालिकामा १८, कावासोती नगरपालिकामा ३०, देवचुली नगरपालिकामा ९, मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित पुगेका छन् ।

त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा ३२, बुलिङटार गाउँपालिकामा २७ र बौदीकाली गाउँपालिकामा ३४ जना संक्रमित पुगेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया