वडामा अनियमितता भएको छैन : महानगर

अन‌ि यो पनि

चितवन । भरतपुर महानगरपालिका वडा नं. १० ले अनियमितता नभएको दाबी गरेको छ। बुधबार सवारी पासको लागि सिफारिस लिन वडा पुगेका सेवाग्राहीबाट सिफारिसवापतको शुल्क लिएर पनि रसिद नदिइएको गुनासो आएसँगै महानगरपालिकाले बिहीबार अनुगमन गरेको थियो।

सोही क्रममा वडाले शुल्क लिएर पनि रसिद नदिइएको नभई महानगरपालिकाको छैटौँ नगरसभाका कारण कर्मचारी अभाव हुँदा रसिद दिन नसकिएको बताएको छ। ‘नगरसभामा व्यस्त हुनु परेकोले तत्काल रसिद दिन नसकिएको हो,’ महानगरपालिकाकी सूचना अधिकारी मेनका पण्डितले भनिन्, ‘यो कुनै नियतवस भएको होइन।

कामको चाप बढी भएकोले केही समस्या देखिएको रहेछ।’ बुधबार सिफारिस लिनेहरूको रसिद सेवाग्राहीले नपाए पनि वडामा सुरक्षित रहेको उनले बताइन्। तैपनि आगामी दिनमा उपभोक्ताबाट यस्ता खालका गुनासो नआउने गरी काम गर्ने वातावरण सिर्जना गर्न सबै वडालाई आग्रह गरिएको उनको भनाइ छ। बुधबार वडाबाट सिफारिस लिएवापत बुझाएको रकमको रसिद नदिइएको उपभोक्ताको गुनासोसहितको समाचार इ–चितवन पोष्ट डट कममा प्रकाशित भएको थियो।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया