मकवानपुरका नौ पालिकाको बजेट : कृषि र स्वास्थ्यलाई उच्च प्राथमिकता

अन‌ि यो पनि

हेटौँडा । बुधबार मकवानपुरको दसमध्ये नौवटा स्थानीय तहले नीति तथा कार्यक्रम तथा बजेट ल्याएका छन् । प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरसहित बागमती गाउँपालिकाबाहेक सबै स्थानीय तहले बजेट ल्याएका हुन् । धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य केन्द्रित भएर बजेट ल्याएका छन् ।

हेटौँडाको २ अर्ब ८ करोड

हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ । बुधबार भएको उपमहानगरपालिकाको छैटौँ नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत गरिएको बजेटमा आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रूपैयाँ, राजस्व बाँडफाँटबाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार र संघीय सरकारको अनुदान ९८ करोड ९९ लाख तथा असार मसान्तसम्म खर्च नभई बचत भएको २६ करोड १३ लाख ११ हजार रूपैयाँ प्राप्त हुने उपमेयर लामाले बताइन् ।

थाहामा कृषिलाई प्राथमिकता

मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ८० करोड ५६ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । थाहा नगरको नगरसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसमेत पारित गरेको मेयर लवशेर विष्टले जानकारी दिए । नीति तथा कार्यक्रममा कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रहरुलाई समेटिएको उनको भनाइ छ ।

थाहा नगरले आयात घटाउन, निर्यात बढाई आत्मनिर्भरतासहितको नीति सार्वजनिक गरेको छ । थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कार्यान्वयनमा रहेको मेयर विष्टले जानकारी दिए ।

बकैयाको ६५ करोड

मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ६५ करोड १९ लाख ६९ हजार २३० रूपैयाँको अनुमानित बजेट पेश गरेको छ । ‘समृद्ध बकैया निर्माणको मूल आधार : स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार” भन्ने मूल नाराका साथ बुधबार भएको गाउँपालिकाको छैटौँ गाउँसभामा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा सञ्चालित सभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन् ।

राक्सिराङको ५९ करोड

राक्सिराङ गाउँपालिकाद्धारा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । पाँचौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।

पश्चिम मकवानपुरको राक्सिराङ गाउपालिकाले ५१ करोड रूपैयाँबराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङले ५१ करोड १५ लाख २० हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन् ।

इन्द्र सरोवरमा कृषि र पर्यटन

यस्तै मकवानपुरको इन्द्र सरोवर गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५० करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसँग जोडेर नीति कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।

मनहरीको ७६ करोड

मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कुल ७६ करोड १६ लाख ३५ हजार ४२० रूपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँसभा बैठकमा उपाध्यक्ष मनिला विष्टले अनुमानित बजेट र बार्षिक नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् ।

मकवानपुर गढीमा ५९ करोड

मकवानपुरगढी गाउँपालिकाद्धारा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ । पाँचौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रूम्बाले प्रस्तुत गर्न तयार पारिएको नीति कार्यक्रम र बजेट वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले बाचन गरी प्रस्तुत गरिएको थियो ।

“महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्भर”

भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँसभा बैठकमा आगामी आवको अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले प्रस्तुत गररेका उक्त बजेटमा “महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्भर” भन्ने मूल नाराका साथ आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । गाउँपालिकाले आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको छ ।

कैलाशमा ४३ करोडको बजेट

मकवानपुरको कैलाश गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाले बुधबार बसेको गाउँसभाबाट ४३ करोड ७२ लाख ५९ हजार ७ सय ४० रूपैयाँ ल्याएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

बागमतीको आएन बजेट

मकवानपुरको बाग्मती गाउँपालिकाले बुधबार नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन । गाउँपालिका नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहभागिता नजनाउने भएपछि गाउँपालिकाले गाउँसभा राख्न नसकेको हो । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपाबाट प्रतिनिधित्व गरेका छन् ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...