एमसीसीविरूद्ध कावासोतीमा संयुक्त प्रदर्शन

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा एमसीसी खारेजीको माग गर्दै बुधबार प्रदर्शन गरिएको छ ।

नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चालगायतका ११ दलीय संयुक्त आन्दोलनअन्तर्गत कावासोतीमा मौन ¥यालीसहित कोणसभा गरिएको हो ।

क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको सञ्चालनमा भएको कोणसभामा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पीताम्बर तिवारी, राष्ट्रिय जनमोर्चा, नेपाल नवलपुरका उपाध्यक्ष विकाराम चौधरीलगायतले बोलेका थिए ।

एमसीसी सम्झौतालाई राष्ट्रघाती सम्झौता भएको भन्दै यसलाई रद्द गर्नु पर्नेलगायतका माग राख्दै प्रदर्शन गरिएको थियो । नो एमसीसी लेखेको प्लेकार्डसहित निकालिएको मौन ¥याली फलफूल चोकबाट इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया