वृद्धवृद्धालाई घरघरमै उपचारलाई निरन्तरता

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिकाले वृद्धवृद्धालाई घरघरमै उपचार कार्यक्रमलाई निरन्तरता दिएको छ । रत्ननगर नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणका लागि अस्पतालमा आइसोलेसन बेड, व्यवस्थित क्वारेन्टाइन निर्माण, स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीसहित प्रोत्साहन भत्तालगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

स्वास्थ्यतर्फ नै सुत्केरी आमा र शिशुको सुरक्षाका लागि उपमेयरसँग महिला स्वास्थ्य कार्यक्रम ल्याइएको छ भने वृद्धवृद्धालाई घरघरमै उपचार कार्यक्रमलाई निरन्तरतालाई कायमै राखेको छ ।

शिक्षातर्फ सो नगरपालिकाले कोरोना भाइरसको महामारीले प्रभावित शिक्षालाई माथि उकास्ने गरी शिक्षण सिकाइलाई प्रभावकारी बनाउन लगानी गर्ने, शिक्षालाई जीवन उपयोगी बनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनलाई निरन्तरता दिने, विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा सञ्चालन गर्ने योजना बनाएको छ । बालबालिकालाई विद्यालयमा ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान सञ्चालन गर्ने र अभियानअन्तर्गत असहाय तथा टुहुरा बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गरेर शिक्षा प्रदान गरिने मेयर वनले बताए ।

पर्यटन विकासतर्फ सो नगरपालिकाद्वारा नगर क्षेत्रमा आधुनिक पर्यटन बसपार्क, सूचना केन्द्र निर्माण गरिने छ । पर्यटन विकासकै लागि रत्ननगर–५, झुवानीमा नेपाल सरकारको सहयोगमा निर्माणाधीन बहुसांस्कृतिक पार्क निर्माण सम्पन्न गर्ने, सौराहामा पूर्वी चितवनस्तरको सौराहा इको पार्क तथा बहुसांस्कृतिक ग्राम, मनीखोला पार्क निर्माण गरिने छ ।

ग्रामीण पर्यटनका रुपमा चिनिँदै आएको होमस्टेलाई नमुनाको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ । नेपाल सरकारको लगानीमा सौराहामा निर्माणाधीन सिटी हल र टाँडी चोकमा निर्माणाधीन आकासे पुलको निर्माण कार्य यसैवर्ष सम्पन्न गरिने मेयर वनले बताए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया