आरडिटी परीक्षण शुल्क फरक फरक

अन‌ि यो पनि

भरतपुर । चितवनका निजी अस्पतालहरुले ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा फरक–फरक शुल्क लिने गरेको पाइएको छ । अस्पतालले शल्यक्रिया गर्ने बिरामीलाई पनि आरडिटी परीक्षण गर्नुपर्ने भन्दै शुल्क लिने गरेको पाइएको हो ।

केही दिनअघि भरतपुरको मौलाकालिका अस्पतालमा छोराको उपचार गर्न पुगेका लेखक तथा प्राध्यापक भूपिन खड्काले छोराको उपचार गर्नुअघि दुई हजार पाँचसय रूपैयाँ तिरेर आरडिटी गराएको बताए । ‘तीन हजार मागेको थियो, तर मैले पच्चीस सय रूपैयाँ बुझाएँ,’ उनले भने ।

बाहिरी जिल्लाबाट काठमाडौँ जानको लागि आरडिटी अनिवार्य भनेपछि सर्लाहीबाट चितवन आइपुगेका दिनेशकुमार राउतले असार ४ गते भरतपुरको नेसनल सिटी अस्पतालमा एक हजार ५०० रूपैयाँ बुझाएर आरडिटी परीक्षण गरे । तर, आरडिटी परीक्षणकै लागि मात्रै अस्पताल पुगेका उनलाई आकस्मिक टिकटको नाममा थप ५०० रूपैयाँ पनि लिए ।

‘काठमाडौँबाट आरडिटी रिपोर्टबिना आउन नदिने भनेपछि चितवन झरेर परीक्षण गराएँ,’ उनले भने, ‘आरडिटी मात्रै गर्न पनि इमर्जेन्सी टिकट लिनुपर्छ भनेर थप पाँच सय रूपैयाँ लियो ।’ आरडिटीको शुल्क लिइसकेपछि अन्य जाँचको आवश्यकता नभएको अवस्थामा पनि टिकट शुल्क लिनु जायज नदेखिएको उनको बुझाइ छ ।

एउटै जाँचको लागि अस्पतालअनुसार फरकफरक शुल्क लिएपछि मानिसहरुमा आशंका पैदा भएको छ । सरकारले पनि खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत मात्रै जोडेर शुल्क लिन पाइन्छ भनेको अवस्थामा फरकफरक शुल्क लिने गरेपछि अस्पतालप्रतिको विश्वसनियता घट्दै गएको राउतले बताए । अस्पतालको सिटीको रूपमा विकास हुँदै गरेको चितवनका निजी अस्पतालहरुको अस्वस्थ प्रतिष्पर्धाको मारमा सेवाग्राही गरेको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय चितवनले भने यस विषयमा ‘म ठगिएँ’ भन्ने लाग्छ भने लिखित उजुरी दिन अनुरोध गरेको छ । उजुरी परेमा त्यसैको आधारमा कारबाही प्रकृयाअगाडि बढाउन सकिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयमा उजुरी दिन मिल्ने बताए । ‘खरिद मूल्यको २० प्रतिशत नाफा लिन पाउने भनेर सरकारले मापदण्ड बनाएको थियो,’ उनले भने, ‘कम्पनीअनुसार मूल्य पनि फरकफरक पर्नु स्वाभाविक हो । तर, बढी नै लिएको हो जस्तो लाग्छ भने उजुरी दिन सकिन्छ । हामीले मन्त्रालयको आदेशानुसार काम गर्छौँ ।’

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले आवश्यकबिना कुनै पनि व्यक्तिले आरडिटी र पिसिआर परीक्षण गर्नुनपर्ने भनिसकेको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया