भरतपुर महानगरको पूर्वाधारमा विशेष जोड

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले ल्याएको बजेटमा पूर्वाधारमा विशेष जोड दिइएको छ । भरतपुर महानगरको छैटौँ नगरसभामा नगरप्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

भरतपुर महानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण, महानगर यातायात गुरूयोजना तयार, विभिन्न वडामा निर्माण हुने भवन, सिंचाइ, व्यवस्थित बस्ती विकासलगायतका पूर्वाधारमा ४७ करोड ३० लाख ९७ हजार विनियोजन गरेको छ । अधुरा योजनाहरुलाई पूरा गर्न र यस आवमा भुक्तानी हुन बाँकी तथा बहुवर्षीय ठेक्का प्रणालीबाट भएका योजनाको भुक्तानीका लागि ८२ करोड विनियोजन गरिएको छ ।

महानगरको स्वास्थ्य क्षेत्रमा ९ करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्यमा कोरोना संक्रमणको सम्भावना भएका व्यक्तिहरुको परीक्षणका लागि आवश्यक औषधि तथा उपकरण र परामर्शदाताहरु सहितको मोबाइल क्लिनिक सञ्चालन, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई यातायात खर्चसमेत छन् ।

शिक्षामा ९ करोड बजेट महानगरले विनियोजन गरेको छ । एक वडा एक नमुना विद्यालय सञ्चालनमा ल्याउने, अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेशस्तरीय खेलमा पदक जित्ने महानगरका खेलाडीहरुलाई पुरस्कृत तथा सम्मान गर्नेलगायतका कार्यक्रम छन् ।

कृषि र पशुपालनमा १५ करोड ५० लाख विनियोजन गरिएको छ । कृषितर्फ ८ करोड ५० लाख तथा पशु विकास कार्यक्रमतर्फ ७ करोड विनियोजन भएको छ ।

कृषि ऋणमा दुई प्रतिशत व्याज अनुदानमा उपलब्ध गराउने, बीउविजन र मल वितरणमा अनुदान दिने, विषादी परीक्षण प्रयोगशालालाई सशक्त एवं व्यवस्थित गर्ने, एक वडा एक पशु फर्म आधुनिकीकरणलगायतका कार्यक्रममा सो बजेट विनियोजन गरिएको हो । महानगरले वातावरण, फोहोर व्यवस्थापनमा आठ करोड विनियोजन गरेको छ ।

रोजगारमा ४ करोड बजेट विनियोजन भएको छ । विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषिलगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई शून्य व्याजदरमा अनुदान उपलब्ध गराउनेलगायतका कार्यक्रम कार्यान्वयन गर्नका लागि सो बजेट विनियोजन गरिएको हो ।

प्राचीन नाच, कला तथा संस्कृतिको संरक्षण, पर्यटकीय पदमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा बृहत् पर्यटन गुरूयोजना तयारलगायतका कार्यक्रम कार्यान्वयन गर्नका लागि ३ करोड विनियोजन गरिएको छ ।

प्रविधि क्षेत्रमा दुई करोड ५० लाख, युवा तथा खेलकुदमा दुई करोड, राजस्व प्रशासन तथा वित्तीय सुशासनमा दुई करोड सेवा प्रवाह र प्रशासनिक खर्चमा ४८ करोड, प्रत्येक वडाका निम्ति १ करोडका दरले जम्मा २९ करोड विनियोजन गरिएको छ ।

दलितसँग मागेर बिहे गरे एक लाख !

यस पटकको बजेटमा चितवनका सात पालिकाहरुले कुनै न कुनै लोकप्रिय कार्यक्रमहरु ल्याएका छन् ।

भरतपुर महानगरपालिकाले दलित समुदायसँग विवाह गर्नका लागि प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको छ । रूकुम पश्चिमको चौरजहारीमा हत्याकाण्डपछि नगरले दलित तथा लक्षित वर्ग उत्थानको लागि लोकप्रिय कार्यक्रमहरु ल्याएका छन् ।

भरतपुर महानगरको सोमबार छैटौँ नगरसभामा प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिला, दलित तथा लक्षित वर्ग उत्थान, सशक्तिकरण एवम् सामाजिक समावेशीकरण अन्तर्गत दलितसँग बिहे गर्न प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको बताइन् ।

महानगरले दलितसँग प्रेम विवाह गर्नेलाई ५० हजार र एक लाख प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने जनाएको छ । महानगरपालिका प्रमुख दाहालका अनुसार जातीय छुवाछूतलाई निरूत्साहित गर्नका लागि दलितसँग प्रेम विवाह गर्नेलाई ५० हजार र दलितसँग मागी विवाह गर्नेलाई एक लाख प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिनेछ ।

‘भरतपुर कृषकमैत्री ऋण’

भरतपुर महानगरपालिकाले यस पटकको बजेटमा भरतपुर कृषकमैत्री ऋण कार्यक्रम ल्याएको छ । महानगरले न्यूनतम ब्याजमा कृषकलाई ऋण उपलब्ध गराउने छ । यस्तो ऋणमा २५ लाखसम्म लिँदा २ प्रतिशत ब्याज महानगरपालिकाले व्यहोर्ने महानगर प्रमुख रेनु दाहालले बताइन् ।

बाँझो जमिनमा खेती गर्न चाहने किसानलाई उत्पादनको मात्राका आधारमा अनुदान दिने व्यवस्था गरेको छ । महानगरभित्रका सबै हाटबजारहरुमा स्वदेशी उत्पादनमात्र बिक्री गर्न ‘हाम्रो हाटबजार स्थानीय उत्पादन कार्यक्रम’ गरिनेछ ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया