ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तीनलाख क्षतिपूर्ति बुझेर छिमेकीको हत्या

by चितवन पोष्ट
२०७१ बैशाख ८, सोमबार ०२:१० गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

केशव अधिकारी
धादिङ । छिमेकीसँगको झगडामा एघार वर्षअघि मारिएका आफ्नो छोरोलाई विद्रोही माओवादीले मारेको भन्दै क्षतिपूर्ति लिँदै आएका एक अभिभावकले छोराको हत्यामा संलग्न भएको आरोपमा एघार वर्षपछि छिमेकीको पनि हत्या
गरेका छन् ।
धादिङको महादेवस्थान गाविस वडा नम्बर ७ लवाङका हस्तबहादुर तामाङको परिवारले कृष्णबहादुर तामाङलाई कुटीकुटी भीरबाट लडाएर मारेका हुन् । हस्तबहादुर तामाङका साहिंला छोरा पेम्वा तामाङको २०६१ माघ २७ गते छिमेकी कृष्णवहादुरसँगको झगडामा हत्या भएको थियो ।
छोराको हत्या भएको नजिकबाट देखेका बाबु हस्तबहादुरले घटनालाई राजनैतिक बनाइ द्वन्द्वपीडितबापत् तीन लाख रूपैयाँ बुझेर लगिसकेपछि पेम्वालाई मारेको आरोपमा आफ्ना तीन भाइ छोराको साथ लिएर छिमेकी कृष्णबहादुर तामाङलाई शुक्रबार राती मारेका हुन् ।
दिदीको अन्त्येष्ठि कर्म (घेवाका लागि) दिदीको घर जाँदै गरेको बेला हस्तबहादुर र उनका तीन भाइ छोराले कृष्णबहादुरलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरी भिरबाट लडेको अवस्थामा कृष्णको शव फेला परेको जानकारी आएपछि प्रहरी टोली शुक्रबार राति नै घटनास्थल पुगेको थियो । छिमेकीसँगको झगडामा मारिएका आफ्ना छोराको हत्यामा संलग्न भएकालाई कारबाहीका लागि कानुनी उपचारको खोजी नगरी हस्तबहादुरले छोरालाई विद्रोही माओवादी पक्षले मारेको किर्ते कागजपत्र तयार पारी जिल्ला प्रशासन कार्यालयबाट ३ लाख रूपैयाँ द्वन्द्वपीडित राहत स्वरूप क्षतिपूर्ति समेत बुझेका थिए । घटना भएको लगत्तै मृतक पेम्वाकी श्रीमती राधामाया तामाङ मार्फत १ लाख ५० हजार २०६६ मा १ लाख र २०६८ मा ५० हजार गरी तीनलाख रूपैयाँ बुझेर लगेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
शाही कालमा महादेवस्थान गाविसका मनोनित गाविस अध्यक्ष समेत भएका तामाङले छिमेकीसँगको झगडामा मारिएका आफ्नो साँहिलो छोरालाई तत्कालीन विद्रोही माओवादी पक्षबाट मारिएको भन्दै आफूलाई द्वन्द्वपीडितमा सुचीकृत गराएका
थिए । तामाङको निवेदनको आधारमा शान्ति तथा पुनर्निमाण मन्त्रालय द्वन्द्वका प्रभावित व्यक्ति, परिवार तथा संरचनाको लगत संकलन कार्यदलले तयार पारेको द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्ति परिवारको विवरणमा पेम्वा तामाङको नामसमेत समावेश गरेको थियो ।
सशस्त्र द्वन्द्वका क्रममा धादिङ जिल्लामा मारिएका २०४ जनाभित्र पेम्वाको नामसमेत रहेको छ । छिमेकीसँगको झगडामा गाउँमै पेम्वाको हत्या भए पनि कार्यदलले तयार पारेको प्रतिवेदनमा पेम्वाको हत्या विद्रोही पक्षबाट मारेको र घटना भएको जिल्ला नखुलेको लेखिएको छ ।
द्वन्द्वपीडितमा नाम दर्ता गरेपछि राज्यबाट क्षतिपूर्ति पाउने देखेर हस्तबहादुरले आफ्ना छोराको हत्यामा संलग्न भएको व्यक्तिलाई कारबाहीका लागि कुनै प्रयास  नगरी अहिलेसम्म घटनालाई अन्यत्रै मोडेर जालसाजी गरेको हुनाले उनले लिएको रकम फिर्ता हुनुपर्ने र यस्ता घटनाहरुको सुक्ष्म अध्ययन गरी दोषीमाथि कारबाही हुनुपर्ने एमाओवादीका जिल्ला नेता एवम् स्थानीय शान्ति समिति धादिङका संयोजक रामबहादुर भण्डारी बताउँछन् ।
कृष्णबहादुर तामाङको हत्यामा संलग्न रहेको आरोपमा हस्तबहादुरलाई शनिबार घरैबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको छ । घटनामा संलग्न अन्य तीन जना भने फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक अशोकसिंह ठकुरीले जानकारी दिए ।
घेवामा सहभागी भएको बेलामा हस्तबहादुर परिवारले कृष्णलाई सुरूमा रक्सी खान दिएको, केहीबेरमा हस्तबहादुर र उनका तीन भाइ छोरासमेत मिलि हात खुट्टा बाँधेर खुट्टामा गोली प्रहार गरी बेहोस बनाई भीरबाट फालेर मारेको अवस्थामा शव भेटिएको घटनाको अनुसन्धान गरेकोे प्रहरीले जनाएको छ ।
घटनामा सलंग्न भएको आरोपमा पक्राउ परेका हस्तबहादुरलाई जिल्ला अदालत धादिङले आइतबार सात दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएकोे छ । हस्तबहादुरसँगै पक्राउ परेकाहरुसँग भने घटनाको विषयमा सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts

Chitwan Post

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In