आज बुधबार ६२९ संक्रमित थपिए

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा बुधबार थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ६२९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १०७२८ पुगेको छ ।

नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१, सोमबार ५३५ र मंगलबार ५३८ जनामा कोरोना संक्रमित थपिएका थिए ।

नेपालमा हालसम्म २४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ११४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा ८ महिला र १०६ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २३३८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६ हजार ८२८ गरी परीक्षण गरिएको छ । देशका ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया