व्यवसायी श्रेष्ठ मृत फेला

अन‌ि यो पनि

हेटौँडा, १० असार (रासस) :  हेटौँडाका एक युवा व्यवसायी आज बुधबार बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन्। निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो। राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन्। श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया