ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रेशमखेतीमा नमुना बन्दै माडी

by चितवन पोष्ट
२०७१ बैशाख ८, सोमबार ०२:०७ गते
in अर्थ, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

माडी । जिल्लाको माडी क्षेत्र रेशमपालनको नमुनाको रुपमा अगाडि आउन थालेको छ । यस क्षेत्रका किसानहरुले २०५० सालदेखि रेशमखेतीलाई व्यवसायिक रुपमा अँगाल्दै आएका छन् ।
माडीको कल्याणपुर अध्योध्यापुरी र बघौडा गाविसका करिब ५५ घरका किसानले आफ्नो भएको केही जमिनमा किम्बुखेती गरी रेशम कीरापालन गरेर राम्रो आमदानी गरेका छन् । अन्य खेती बालीलाई जस्तो जोतखन गर्नु नपर्ने कम लगानीमा अधिक आम्दानी हुने र उत्पादित कोकन घरबाट नै बिक्री हुने भएकाले पनि कृषकको आकर्षण यसतर्फ बढेको हो ।
माडीका किसानहरुले रेशम कीराको कोकन बिक्री गर्न थालेका छन् । उनीहरुले चैत महिनामा पालेका रेशम कीराको कोकन आइतबार बिक्री गरेका हुन् ।
पुस र माघ महिनामा कम तापक्रम हुने र साउन भदौमा बढी तापक्रम हुने हुँदा यी महिनामा रेशमको उत्पादन कम हुन्छ भने चैत र वैशाख रेशम उत्पादनको लागि राम्रो मौसम मानिन्छ ।
माडीको कल्याणपुर ३ र ७ सेउलीबास अयोध्यापुरी गाविसको देवेन्द्रपुर, इन्द्रबस्ती र बघौडा गाविसको ढिकुरबारीका कृषकहरुले रेशमको खेती व्यवसायिक खेती गर्दै आएका छन् ।
केही वर्ष अगाडिसम्म उत्पादित कोकन आफूहरुले नै बोकेर किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डारा चितवनसम्म लैजानुपर्ने समस्या भए पनि अहिले भने उद्यमीले नै घरबाट खरिद गरेर लाने गरेका छन् । उद्यमीले घरबाट नै उत्पादित रेशमको कोकन खरिद गरिदिँदा सहज भएको स्थानीय किसान खिलबहादुर गुरूङले बताए ।
कृषकहरुले राम्रो कोकन उत्पादन गरेदेखि आफूले सधैभरि खरिद गर्ने र किसानलाई मर्का नपर्ने गरी मूल्य दिने धादिङ बैरेनीका उद्यमी महेश अधिकारीले बताए । आफूहरुले बजारबाट खरिद गर्ने दैनिक उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन  बढेको र आफूले दिनरात गरेर उत्पादन गरेको रेशम कीराको कोकनको मूल्य भने नबढेकोप्रति भने किसानले गुनासो
गरेका छन् ।
सरकारको यसतर्फ ध्यान नदिएको कल्याणपुरका किसान यमनाथ पौडेलले बताए । चैतमा मात्र उत्पादन भएको एक हजार ५०० केजी कोकन आइतबार उद्यमी महेश पौडेलले खरिद गरी आफ्नो कपडा उद्योगमा लगेका छन् ।
महिना दिनमा नै ८५ केजी कोकनको ३६ हजार रूपैयाँ कमाएकोमा मनकुमारी शाहले खुसी व्यक्त गरिन् । किसानहरुले रेशम कीरा पालनमा चासो दिएर लागेदेखि ५० प्रतिशत बिरूवा र कीरा खरिदमा सहयोग गर्ने र कृषकलाई समय समयमा तालिमको समेत व्यवस्था गर्ने किम्बु नर्सरी व्यवस्थापन केन्द्र भण्डारा चितवनका प्रमुख मेघनाथ तिमल्सिनाले बताए ।

Related Posts

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

फुटपाथ व्यवसायमा महानगरको नियम ‘सानालाई ऐन, ठूलालाई चैन’

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

खोलेसिमल र पदमपुरमा टेकमाइन्डस् नेटवर्कको शाखा

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

रत्ननगरमा व्यवस्थित मासु पसल सञ्चालन

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In