रेष्टुरेन्ट तथा होटल सञ्चालनमा रोक

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी गरिएको सूचनामा ‘टेकअवे’ (लिएर जाने) सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेन्टबाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर क्वारेन्टाइनको लागि तोकिएका र ‘टेकअवे’ सेवा दिने होटलहरु तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइनेछ ।

कोरोनाको संक्रमणको जोखिम नहुने गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन इच्छुक रेष्टुरेन्ट तथा होटलहरुले पालना गर्ने मापदण्डसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त हुन आए उचित विचार गर्न सकिने सूचनामा उल्लेख छ ।

स्वीकृतिबिना कसैले होटल तथा रेष्टुरेन्ट सञ्चालन गरेमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने जानकारी गराइएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...