उवासंघ–चितवनले बुझायो ज्ञापन पत्र

अन‌ि यो पनि

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

सरकारी निकायमा हुने भ्रष्टाचार अन्त्य गर्नका लागि स्थापना गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारलाई बढाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई मन्त्रिपरिषद्बाट संशोधन गर्दै संसद्मा पेस गरिएकोले उक्त मस्यौदा फिर्ता लिनको लागि ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।

उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा कार्यक्रमको आयोजना गरी संसदीय व्यवस्था, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नं. २ का सांसद् कृष्णभक्त पोख्रेललाई संघका अध्यक्ष श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन् । सांसद् पोख्रेलले व्यवसायीहरुले उठाएको सवाललाई यथासक्य छिटो नेपाल सरकारलाई अवगत गराई आवश्यक प्रक्रिया अगाडि बढाउने बताए ।

व्यवसायीलाई हतोत्साहित बनाउने उद्देश्यका साथ मस्यौदा तयार गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । मुलुकको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशतभन्दा बढी योगदान गर्ने र रोजगारीको ४० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई राहतका कार्यक्रम ल्याउने र व्यवसायमैत्री वातावरण सिर्जना गर्नुको सट्टा यस किसिमका जटिलता सिर्जना गर्नुले देशको औद्योगिक विकास थप धरासायी हुने अध्यक्ष श्रेष्ठले बताउँछन् ।

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका पूर्वअध्यक्ष एवम् नेउवा महासंघका कार्यकारिणी समिति सदस्य कल्याण जोशी, पूर्वअध्यक्ष देशीराम प्रधान, प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, उत्तमलाल चुकेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया