न्याय माग्दै चितवन अदालत अगाडि धर्ना

अन‌ि यो पनि

भरतपुर । संयुक्त दलित संघर्ष समिति चितवनले विभिन्न ठाउँमा भएको हत्याको विरोध गर्दै मंगलबार चितवन जिल्ला अदालतमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

पश्चिम रूकुमको चौरजहारीमा भएको बीभत्सपूर्ण घटना, अंगिरापासीको बलात्कारपछि हत्या र शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या प्रकरणको विरोधमा धर्ना कार्यक्रम गरिएको संयुक्त दलित संघर्ष समिति चितवनले जनाएको छ ।

संयुक्त दलित संघर्ष समिति चितवनले दोषीलाई कडा कारबाहीको माग गरेको छ । न्याय मर्न दिनुहुँदैन भन्दै मौनरुपमा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवम् संयुक्त दलित संघर्ष समिति चितवनका सचिवालय सदस्य चक्र रूचालले दलित समुदायमाथि भएको अन्यायविरूद्ध राज्य मौन बसेको कारण यो आन्दोलन उत्कर्षमा आएको बताएका छन् ।

यदी घटनाको दोषीलाई उन्मुक्ति दिलाउन सरोकारवाला नै अग्रसर रहन्छन् भने दलित समुदायले सशक्त संघर्ष गर्ने उनले चेतावनी दिएका छन् । उनले यो दलित समुदायको मुक्तिको आन्दोलन भएकोले कोही पनि धुव्रीकृत हुन नहुने बताएका छन् । उनले रूकुम पश्चिम घटना सुनियोजित ढंगबाट घटेको समेत बताएका छन् ।

रूकुम पश्चिम घटनाको स्थलगत अध्ययन गरेर संयुक्त दलित संघर्ष समिति चितवनको अध्ययन टोली अहिले चितवन फर्किएको छ ।

समितिले केही दिनमा पत्रकार सम्मेलन गर्दै अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने दलित अधिकारकर्मी एवम् अध्ययन टोलीका सदस्य खेमबहादुर दर्जीले जानकारी दिएका छन् ।

संयुक्त दलित संघर्ष समिति चितवनले दलित समुदायमाथिको विभेदको विरूद्ध निरन्तर चरणबद्ध खबरदारी कार्यक्रम गरिरहेको छ भने दलित समुदायकै मुद्दा रहेकोले राष्ट्रिय दलित पत्रकार संघ चितवनले संघर्ष समितिमै रहेर विरोध गरिरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । कोभिड–१९ राहत सहयोग समितिको पहल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया