भरतपुर अस्पताललाई २५ थान पिपिई हस्तान्तरण

अन‌ि यो पनि

चितवन । रोटरी क्लब अफ चितवनको आयोजनामा मंगलबार भरतपुर अस्पतालमा कोरोनाको महामारीको अवस्थामा उपचारको क्रममा स्वास्थ्यकर्मीलाई सहज वातावरण होस् भन्ने उद्देश्यले पिपिई हस्तान्तरण कार्य सम्पन्न भएको छ ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष तथा रोटरी क्लब अफ चितवनको भर्खरै सदस्यता लिएका रो. डा. भोजराज अधिकारीलाई २५ थान पिपिई सेट हस्तान्तरण गरिएको थियो ।

साथै रोटरीको फोर वे टेस्टको व्यानर पनि अस्पतालका अध्यक्षको कार्यकक्षमा टाँगिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ चितवनबाट अध्यक्षसँगै तृतीय उपाध्यक्ष तथा भरतपुर अस्पतालका स्पाइनल प्रमुख रो. डा. कृष्णप्रसाद पौडेल, पूर्वअध्यक्षहरु रो. मित्रराज दवाडी, रो ई. शरदगोपाल न्याछ्यौ, रोट्याक्टर प्रभास रोयलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया