५३८ जनामा कोरोना पुष्टि, संख्या दशहजार नाघ्यो

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन ५३८ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घन्टामा देशभरिका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या १००९९ पुगेको छ ।

नेपालमा पहिलोचोटि गत माघ ९ गते चीनको हुवाइ प्रान्तको वुहान सहरबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा बिहीबार ६७१ जना, शुक्रबार ४२६ जना, शनिबार ३३१ जना, आइतबार ४२१ र सोमबार ५३५ जनामा कोरोना संक्रमित थपिएका थिए ।

नेपालमा हालसम्म २४ जनाको मृत्यु भएको छ । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । जसमा जसमा ८ महिला र ६८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २२१८ पुगेको छ । जसमा १८९ महिला र २०३५ पुरुष रहेका छन् ।

देशका ७६ जिल्लामा कोरोना भाइरसको सक्रमण फैलिएको छ ।

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...