इच्छाकामनाका विपन्न चेपाङलाई राहत

अन‌ि यो पनि

रत्ननगर । चितवनको इच्छाकामना गाउँपालिकाका सीमान्तकृत चेपाङ समुदायलाई राहत वितरण गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले वडा नं १ का २०२ परिवारलाई प्रदान गरेको हो ।

सिराइचुली टोल विकास संस्था अन्तर्गत ९६ घरधुरी र चौकीडाँडा टोल विकास संस्था अन्तर्गतका १०६ घरधुरीलाई जनही २० किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल र ४ वटा माक्स वितरण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । लकडाउनका कारण जीविकोपार्जनमा समस्या परेका चेपाङ सहित अन्य समुदायलाई पनि राहत प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।

गाउँपालिकाको समन्वयमा सिराइचुली टोल विकास संस्थाका अध्यक्ष भीम चेपाङ, चौकीडाँडा टोल विकास संस्थाका अध्यक्ष धनलाल चेपाङको रोहवरमा राहत वितरण गरिएको हो । सामाजिक क्षेत्रका क्रियाशिल सो संस्थाले यस अघि लकडाउनकै कारण समस्यामा परेका रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाका गरिव तथा विपन्न समुदायलाई राहत प्रदान गरेको थियो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया