क्वारेन्टिनबाट घर पठाइएका ५८मा कोरोना पुष्टि

अन‌ि यो पनि

घोडाघोडी, ८ असार (रासस) : कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि भएकाहरू भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले जानकारी दिनुभयो । गत जेठ २८ गते स्वाब सङ्कलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

प्रतिकृया

मुख्य समाचार

पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । कोभिड–१९ राहत सहयोग समितिको पहल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया