बाघको छालासहित पक्राउ

अन‌ि यो पनि

मार्तडी ९,असार (रासस) : बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ । पक्राउ परेकालाई चोरी शिकारी तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया