घर भाडा छूट गर्न आग्रह

अन‌ि यो पनि

भरतपुर । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले लकडाउन अवधिभरको घर भाडा नलिन आग्रह गरेको छ । उपभोक्ता मञ्च चितवनले सोमबार विज्ञप्ति जारी गर्दै केही घरधनीले तत्काल घर भाडा मागेकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष हरिशर्मा पौडेलले लकडाउन अवधिभरको घरभाडा नलिन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीका कारण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना बन्द हुन पुगेकाले सहुलियतको माग गरिएको उनले बताए ।

‘कर्मचारी तलब, बैंक तथा वित्तीय संस्थाको व्याज तथा साँवा भुक्तानी गर्नुपर्ने समस्यामा हामी पनि छौँ’, उनले भने, ‘यो बेला घर भाडा तिर्न सकिने अवस्था छैन, पूर्ण छुट दिएर सहयोग गरौँ ।’

चैत ११ देखिको घर भाडामा पूर्ण छुट गराउन स्थानीय सरकारको समेत ध्यानाकर्षण गराइएको बताए । मञ्चका पूर्वअध्यक्ष प्रभात ढुंगानाले घरभाडा छूट नदिए कानुनी सहायताको खोजी गरिने बताए ।

‘यो बेला व्यापार, व्यवसाय निकै संकटग्रस्त अवस्थामा छन्’, उनले भने, ‘सबै घरधनीले पूर्ण छूट दिनु हुने अपेक्षा गरेका छौँ, अहिले भाडा नदिन व्यवसायीलाई भनेका छौँ ।’

उनले निजी क्षेत्रका अन्य संघसंस्थासँग समन्वय गरेर सबै व्यवसायीलाई घर भाडा छूट दिलाउन पहल भइरहेको बताए । उनका अनुसार उवासंघका वस्तुगत संघहरुबीच यही १० गते छलफल हँुदैछ । मञ्चले लकडाउन खुले पनि पूर्ववत् अवस्थामा नआउँदासम्म ५० प्रतिशत घरभाडा छूटको माग गर्दै आएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया