भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नको लागि आइतबारदेखि डिजिटल बडापत्र राखेको छ ।
प्रशासनको सेवा सुधार कार्यक्रमअन्तर्गत प्रशासनले प्रशासनबाट प्रदान गरिने सेवा, सेवाकोे दस्तुर र सेवा पाइने फाँटहरुको जानकारीसहितको डिजिटल बडापत्र आइतबारबाट सुरू गरेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।
कार्यालयले एक वर्ष अघिदेखि सेवा सुधारको कार्यक्रम सञ्चालन गर्दै आएको थियो । जसअन्तर्गत नागरिकता फाँटमा डिजिटल टोकन प्रणाली, सम्पूर्ण काम कारबाही देखिने गरी सिसीटिभी जडान, लेखनदास व्यवस्थित पार्ने काम भइसकेको छ ।
Discussion about this post