शैक्षिक संस्था पूर्णरुपमा नखुलेसम्म शुल्क नतिर्न नेविसंघको आग्रह

अन‌ि यो पनि

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शैक्षिक संस्था पूर्णरुपमा नखुलेसम्म विद्यालयमा कुनै पनि शुल्क नतिर्न अभिभावकलाई आग्रह गरेको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी बन्दाबन्दीका कारण घरमै सीमित भएर बसेका विद्यार्थीलाई शैक्षिक शुल्क चुक्ता गर्न लगाउनु हास्यास्पद कुरा भएको बताए ।

“कोरोना सङ्क्रमणका कारणले तीन महिनौँदेखि मनोवैज्ञानिकरुपमा समेत त्रसित, तनाव र दबाब झेलिरहेका विद्यार्थीका अभिभावकलाई यस अवधिको शैक्षिक शुल्क चुक्ता गर्न लगाउनु भत्र्सनायोग्य छ”, उनले भने ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले शिक्षा मन्त्रालयको वैशाख २२ को मन्त्रिस्तरीय निर्णयले समेत अर्को निर्णय नभएसम्म कुनै पनि तहको भर्ना नगर्नु, नगराउनु भन्ने आदेश गरे पनि विद्यालय सञ्चालकले गरेको आग्रह दुःखद् भएको बताए ।

उनले प्याब्सन र एनप्याब्सनले यसरी रकम तिर्न अपिल गरे पनि शिक्षा मन्त्रालय मुकदर्शक बनेको आरोपसमेत लगाए ।

नेविसंघले प्याब्सन र एनप्याब्सनलाई तुरुन्त उक्त निर्णय फिर्ता लिन आग्रहसमेत गरेको छ । शैक्षिक संस्था बन्द भएको अवधिमा निजी विद्यालयले शुल्क असुले नेविसंघ आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ । रासस

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया