चोरीका घटना बढ्न थालेपछि टोलटोलमा गस्ती

अन‌ि यो पनि

चितवन । विश्वव्यापी महामारी कोभिड १९ लाई मध्यनजर गरेर सुरक्षित रहन सरकारले आह्वान गरेको लकडाउनका बेलामा चोरीका घटना बढ्न थालेपछि भरतपुरका टोलटोलमा गस्ती गर्न थालिएको छ ।

गौरीगंज र वरपरका क्षेत्रमा चोरीका घटना तीव्ररूपमा बढ्दै गएपछि आफ्नो टोल क्षेत्रमा अप्रिय दुर्घटनाबाट बचाउन भरतपुर महानगरपालिका वडा नम्बर ८ ज्योति टोल विकास संस्थामा रहेको युवाहरूको समूह सङ्घर्ष युवा समाजलेरातको समयमा गस्ती सुरू गरेको छ ।

टोलमा कुनै पनि घटना नहोस् र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले रात्री गस्ती गरिएको सङ्घर्षका सचिव अमित सापकोटाले बताए ।
विशेषगरी रातको समयमा अपरिचित व्यक्तिहरू अनावश्यक हिँडडुल गरेको पाइएकोले गस्ती गर्न थालिएको उनले बताए ।

उनका अनुसार टोलमा रातिको समयमा हिँडडुल गर्नेहरू शंकास्पद लागेमा त्यस्ता मान्छेलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने तथा जाँडरक्सी खाएर टोलमा होहल्ला गर्नेलाई विशेष निगरानी गर्दै आवश्यक परेमा प्रहरीलाई खबर गरिने छ ।

संस्थाका सल्लाहकार एवम् संरक्षण समितिका सदस्य हिमाल कँडेल ,शिव शर्मा (कँडेल), लक्ष्मीकान्त कँडेल र उमानन्द कँडेलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो टोलछिमेकलाई सुरक्षित राख्न आफैँ जुट्नुपर्ने बताउँदै वर्तमान परिस्थितिलाई मध्यनजर गरेर यस गस्ती कार्यक्रम सुरू गर्न सल्लाह दिएको बताए ।

गस्तीमा ज्योति टोलभित्रका युवालाई समेटेर ७०/८० जना युवालाई ७ वटा विभिन्न समूह बनाई सातै दिन परिचालन गरिएको छ । प्रत्येक टोलीमा कम्तीमा ९/१० जना हुने र एक/एक जना टोली प्रमुख बनाएर राति १० बजेदेखि बिहान ३ बजेसम्म आफ्नो टोलभित्र गस्ती गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिए ।

बढ्दो सहरीकरण, घनाबस्ती, कोरोनाले उत्पन्न गराएको बढ्दो बेरोजगारीका कारण गाउँमा चोरी, डकैतीलगायतका आपराधिक कार्य नहोस् भन्ने उद्देश्यले वडाध्यक्ष, बसपार्क वडा प्रहरी चौकी र सीताराम चोक अस्थायी प्रहरी चौकीमा खबर गरेर यस गस्ती कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उनले आफ्नो टोलको सुरक्षा आफैँले नै गर्नुपर्छ भन्दै रातिको समयमा विशेष सतर्कता अपनाउन पनि टोलबासीलाई आग्रह गरे ।

वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेले रात्रीकालीन समयमा हुनसक्ने चोरी तथा अन्य घटनाहरूलाई मध्यनजर गर्दैशान्तिसुरक्षा कायम राख्न गस्ती कार्यक्रम सुरू गरेकोमा सङ्घर्ष युवा समाजलाई विशेष धन्यवाद दिँदै यस्ता खाले काममाआवश्यक सहयोग गर्न वडासमिति तयार रहेको बताउनु भयो ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया