दुर्घटना गराई फरार भएका व्यक्ति १६औँ दिनमा पक्राउ

अन‌ि यो पनि

नवलपरासी । गत जेठ २१ गते राति पाल्हिनन्दन गाउँपालिका–३, पर्सियास्थित परासी–महेशपुर सडकखण्डमा दुर्घटना गराई फरार भएका व्यक्तिलाई प्रहरीले १६औँ दिनमा पक्राउ गर्न सफल भएको छ ।

अपरिचित सवारी साधनको ठक्करबाट सोही ठाउँका पैदल यात्री नाथुप्रसाद गुप्ताको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को प्रहरीको टोलीले खोजी कार्य तीव्र पारेको थियो ।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी राजु लामाले दिएको जानकारीअनुसार सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले असार ५ गते ठक्कर दिने मोटरसाइकलको पहिचान गरेको हो । घटनास्थलमा भेटिएको मोटरसाइकलको भाइजरको टुक्राको आधारमा अनुसन्धान गर्दै जाँदा लु २२ प ३८७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिएको पहिचान गरिएको प्रनाउ लामाले जानकारी दिए ।

उक्त मोटरसाइकल दुर्घटना भएको दिन रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–४, बिर्नी बस्ने २७ वर्षीय गंगासागर यादवले चलाएको खुल्न आएको थियो ।

प्रहरीले खोजी कार्य गर्दै जाँदा नवलपरासीको रामग्राम नगरपालिका १६ हकुईबाट निज यादवलाई पक्राउ गरी सवारी दुर्घटना कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । कोभिड–१९ राहत सहयोग समितिको पहल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया