माछापुच्छ्रे टोललाई सामग्री वितरण

अन‌ि यो पनि

भरतपुर । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले सामाजिक उत्तरदायित्वअन्तर्गत भरतपुर महानगर–७, स्थित माछापुच्छ्रे अशोक टोल विकास संस्थालाई विभिन्न सामग्री सहयोग गरेको छ ।

आइतबार एक कार्यक्रमबीच ६६ हजार रूपैयाँ बराबरको तीन थान ट्राफिक सचेतनामूलक होर्डिङ बोर्ड र १५ हजार रूपैयाँ बराबरको ३० थान फोहर फाल्ने डस्टविन सहयोग गरेको हो ।

सहयोग सामग्रीहरु एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका निर्देशक डिल्लीराम अधिकारीले टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष पशुपति पराजुलीलाई हस्तान्तरण गरे । निर्देशक अधिकारीले शिक्षामात्रै होइन, समाजप्रति आफ्नो दायित्व पनि निर्वाह गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एक्सपर्टले विशुद्ध सामाजिक कार्यका लागि भनेर छुट्टै एक्सपर्ट फाउन्डेसनसमेत सञ्चालन गरिरहेको छ । विपद्को समयमा थुप्रै संस्थाहरुलाई सहयोग प्रदान गर्दै आएको छ ।

यसैगरी, चितवन फ्लेक्सले पनि माछापुच्छ्रे अशोक टोल विकास संस्थालाई विभिन्न सचेतनामूलक होर्डिङ बोर्ड सहयोग गरेको छ ।

फ्लेक्सका सञ्चालक गुणराज दाहालले उक्त टोललाई ११ थान सूचनामूलक बोर्ड सहयोग गरेका हुन् । चितवन फ्लेक्सले विभिन्न संघसंस्थाहरुलाई यस्तै सहयोग गर्दै आइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया