चितवनका थप पाँचसहित २१ जनामा कोरोना पुष्टि

अन‌ि यो पनि

भरतपुर । चितवनमा नमुना परीक्षण गरिएकामध्ये सोमबार बिहान थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये पाँच जना चितवन जिल्लाका छन्।

चितवन जिल्लाको माडी नगरपालिका २, ६, ५ र ८ का ४७, ३४, २८ र ३२ वर्षका पुरुष र भरतपुर महानगरपालिका २८ का २९ वर्षका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यस्तै, नवलपुरको बुलिङटार ३, ४, ५ र ६ बस्ने ४५, १८, ४०, २०, २६, ३२, २९, २०, २१, २०, २१,२१,२४ र २४ वर्षका पुरुष तथा गैँडाकोट १७ का ३५ र २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार आइतबार भरतपुरको प्रयोगशालामा भरतपुर अस्पतालबाट ३३, नवलपुर जिल्लाबाट ७३, चितवन मेडिकल कलेजबाट १३, पुरानो मेडिकल कलेजबाट २०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट २३, भरतपुर महानगरपालिकाबाट ४२, नारायणी सामुदायिक अस्पतालबाट ३, माडी नगरपालिकाबाट १३, भरतपुर सेन्ट्रल अस्पतालबाट ४, इच्छाकामना गाउँपालिकाबाट १, राप्ती नगरपालिकाबाट १९ र खैरहनी नगरपालिकाबाट ५ गरी जम्मा २४९ वटा नमुनाको परीक्षण भएको थियो।

बाँकी २२८ वटा नमुनाको नतिजा भने नेगेटिभ आएको अस्पतालले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया