रामनगर माविको भवन शिलान्यास

अन‌ि यो पनि

भरतपुर । रामनगर माध्यमिक विद्यालयको तीन कोठाको भवन शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भवनको शिलान्यास गरेकी हुन् ।

भूकम्प पुनर्निर्माण प्राधिकरणको ५१ लाख ३८ हजार बजेटमा भवन निर्माण गर्न लागिएको हो । भवन शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष भरत कुँवरको अध्यक्षतामा सम्पन्न भएको छ ।

तीन वटा कक्षाकोठा र अपाङ्गमैत्री शौचालय पनि रहने विद्यालयका प्रधानाध्यापक शिव लम्सालले जानकारी दिए । शिलान्यास कार्यक्रममा नेकपा चितवन क्षेत्र नम्बर २ का संयोजक नारायणप्रसाद अधिकारी, युवा संघ जिल्ला संयोजक मधुकर न्यौपाने, नेकपा जिल्ला कमिटी सदस्य टंक न्यौपानेलगायत सहभागी थिए ।

यसैबीच रामनगरको राजमार्ग छेउछाउमा वृक्षरोपणसमेत गरिएको छ । राजमार्ग आसपास हर्राे, बर्राे, कपुर, पीपल, अमला, रूद्राक्षलगायत बिरुवा रोपिएका छन् । रामनगर क्षेत्रलाई हरियाली र स्वच्छ बनाउन वृक्षरोपण गरिएको रामनगर बजार व्यवस्थापन समिति अध्यक्ष तारानाथ कुँवरले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया