बयान फेर्नुको परिणाम पीडित नै जेलमा !

अन‌ि यो पनि

–दिपेन्द्र अधिकारी
भरतपुर । फौजदारी अभियोगका मुद्दाहरुमा वादी र प्रतिवादी पक्ष हुन्छन् । वादी पक्षले जाहेरी दिएपछि सरकारले आफू त्यसको पक्ष भई प्रतिवादीविरूद्ध मुद्दा लड्छ । केही मुद्दामा पीडक वा प्रतिवादीले सजाय पाउँछन् त केहीमा सफाइ पनि हुन्छ । तर, चितवनमा आइतबार भएको एक बलात्कारसम्बन्धी मुद्दामा जसले आफूलाई पीडित भनेर न्यायका लागि उजुरी दियो उसैलाई अदालतले सजाय तोकेको छ ।

घटना २०७६ कात्तिक ७ गतेको हो । कास्की पोखरा महानगरका २१ वर्षीय युवक र नवलपुर गैँडाकोटकी १९ वर्षीय युवती चितवन, सौराहास्थित एक रेस्टुरेन्टमा पुगे । एक महिनाको बीचमा फेसबुकमार्फत भएको चिनजान शारीरिक सम्बन्धसम्म पुग्यो । यो कुरा केटीका अभिभावकले थाहा पाए । युवकले केटीलाई बिहे गर्ने आश्वासन दिएका थिए । तर, सम्बन्ध राखेपछि केटा बिहे गर्न तयार भएनन् ।
अभिभावकले युवतीलाई बलात्कार प्रयासमा मुद्दा हाल्न लगाए । केटालाई प्रहरीले पक्राउ ग¥यो । मुद्दा प्रक्रिया अगाडि बढ्यो । अदालतले आदेश गर्ने क्रममा पीडक भनिएका युवक पुर्पक्षका लाथि थुनामा गए । पटकपटकको पेशीपछि ०७७ असार ६ गते यस मुद्दाको अन्तिम फैसला भयो । युवकले झन्डै ७ महिना कारागारमा बिताए ।

प्रहरीमा जाहेरी दिँदा र बयानमा समेत आफू पीडित भएको बताएकी ती युवतीले अदालतमा भने आफू पीडित नभएको बताइन्, अर्थात् उनले बयान फेरिन् । ‘केटा मेरो साथी हो, उसले मलाई केही पनि गरेको छैन भनेर अदालतमा बयान दिएकी थिइन्’, अदालतका एक कर्मचारीले युवतीको बयान उद्धृत गर्दै भने ।

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले पीडित भनिएकै युवतीलाई सजाय तोक्यो । अर्कोतर्फ पीडक भनिएका पुरूषलाई सफाइ दियो । युवतीलाई एक महिना कैद र युवकलाई ६३ हजार नगद क्षतिपूर्ति तिर्ने फैसला भएको चितवन अदालतका सूचना अधिकारी स्रेस्तेदार रूद्रमणि गिरीले बताए । झूटो मुद्दा वा बयान दिनेलाई पनि सजायको व्यवस्था कानुनले गरेको भन्दै स्रेस्तेदार गिरीले अदालतको फैसलाबाट अन्यले पनि पाठ सिक्न जरूरी रहेको बताए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया