लागुऔषधको कारोबारमा संलग्न पाँच पक्राउ

अन‌ि यो पनि

भरतपुर । चितवन प्रहरीले लागुऔषधको कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले असार ५ गते भरतपुर महानगरपालिका वडा नं २ बिक्रम मार्गमा ना ४ प ४४३९ नम्बरको बोलेरो चेकजाँच गर्ने क्रममा बोलेरोबाट लागुऔषध फेनरगन २ एमएलको २५५ थान, नुफिन २ एमएलको २५५ थान र डाइजेपाम २ एमएलको २५५ थान फेला पारेको थियो ।

लागुऔसध सहित बोलेरोमा सवार भरतपुर ४ बाह्रघरे बर्ष २१ को अनुज भन्ने भुदत्त परियारलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा लागुऔसधको कारोबारमा अन्य चार जना पनि संलग्न भएको पाइएपछि उनीहरुको खोजतलास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिए । लागुऔषधको कारोबारमा संलग्न अन्यको खोजतलासपछि भरतपुर ३ नगरवन बस्ने बर्ष २२ को अविनाष बोटे, भरतपुर २१ बस्ने बर्ष ३६ को आशिष थापा, बर्ष २२ की कञ्चन उपरकोटी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका १६ बेल्डिया बस्ने बर्ष १६ की बबिता महतोलाई पक्राउ गरिएको उनले वताए ।

यस बिषयमा चितवन जिल्ला अदालतबाट अनुमती लिई थप अनुसन्धान भइरहेकको उनको भनाइ छ । चितवन प्रहरी संगठित आपराधिक समूह र लागू पदार्थको कारोवार गर्ने आपराधिक समुह पक्राउ गरी कानुनको कठघरामा उभ्याउन संकल्परत रहेको उनले वताए । त्यस्तै, लागु पदार्थको तस्करी ओसारपसार वा अन्य आपराधिक गतिविधिबारे जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको कलर आइडी नभएको फोन नंबर ०५६५२०१५५ मा आफ्नो परिचय गोप्य रहने गरी जानकारी गराउन पनि प्रहरीले आग्रह गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया