निरीक्षक राय निलम्बित

अन‌ि यो पनि

हेटौँडा, ७ असार (रासस) : भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आज आइतबार पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।

यसैबीच हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी रु ५० को लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया