ADVERTISEMENT
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नयाँ वर्षको शुभकामना !

by चितवन पोष्ट
२०७१ बैशाख ८, सोमबार ०१:५४ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

ध्रुवराज अधिकारी
२०७० साल हाम्रा सामुबाट बिदा भएर २०७१ साल अहिले भित्रिसकेको छ । नयाँ साल आउँदै गर्दा धेरैका मोबाइल र फेसबुकका वालहरु शुभकामनाका सन्देशहरुले भरिएका थिए । एउटा वर्ष सकिएर अर्को वर्ष आउँदै गर्र्दा १२ महिना मात्र कटेको हुँदैन, यसले धेरै नै राम्रा र नराम्रा प्रभावहरु छाडेर गएको हुन्छ । कसैलाई यही साल फलिफाप सिद्ध हुन्छ भने कसैलाई यही साल अफापसिद्ध भएको हुन्छ । कसैले मंगलमय शुभकामना भन्दैमा शुभ हुने होइन । वर्षभरिको अवधि मंगल बनाउने वा नबनाउने त्यो स्वयं आफैँमा भर पर्ने कुरा हो । नयाँ वर्षका ३६५ दिनहरु बित्दै गर्दा कति मेहनत वा लगनशीलतापूर्वक काम ग¥यो, त्यसमा नै कामको सफलता वा असफलता भर पर्ने कुरा हो । नयाँ वर्षको पहिलो दिन मीठो खाएमा वा राम्रो ठाउँ घुमेमा वर्षभरको अवधि पनि त्यसरी नै बित्छ भन्ने मान्यताका साथ आजभोलि हामी नयाँ वर्ष मनाउने होडमा जुटिरहेका हुन्छौँ । वर्षको पहिलो एक दिनलाई मात्र मान्यता दिने अनि बाँकी दिन त्यसै–त्यसै बिताउने परिपाटीमा सुधार नगर्नेहरुका सबै नयाँ वर्षपछिका दिनहरु असफलतामा नै बित्ने निश्चित छ ।
वर्षको पहिलो दिन गरेको कामको सम्झना सधैँ परिरहने हुँदा पनि वर्षको पहिलो दिन मीठो खाने, राम्रो लगाउने वा शुभ कार्यको थालनी गर्न राम्रो मानिन्छ । तैपनि, हरेक दिनहरुले पनि नयाँ वर्षले जत्तिकै मह¤व पाउँदा व्यक्तिको विकासमा तीव्रता आउँछ । प्रत्येक महिना, दिन वा वर्ष आफैँमा प्रत्येकको ठूलो मह¤व छ । तैपनि, हामी नयाँ वर्षमा जुन जोश, जाँगर र उत्साहका साथ काम गरिरहेका हुन्छौँ, समय बित्दै जाँदा जोश र जाँगरमा पनि कमी ल्याइरहेका हुन्छौँ ।
अघिल्ला धेरै वर्षदेखि हामीले नयाँ वर्ष मनाउँदै आइरहेका छौँ र पनि हामी–हामीमध्ये धेरैले वर्षमा एउटै नराम्रो बानीसमेत छाड्न सकेका छैनौँ । हामी नयाँ वर्ष मनाउनका लागि विभिन्न ठाउँ जाने र शुभकामना बाँड्ने कामका लागि दस–एघार वर्षको उमेरदेखि नै योग्य भएको ठान्छौँ । अब हिसाब गरौँै त, दस वर्षदेखि नयाँ वर्षको उपलक्ष्यमा एउटा मात्र राम्रो कामको थालनी गर्न सकियो भने पनि औसत नेपालीको आयु बाँचुञ्जेल कतिवटा राम्रो काम गरिँदोरहेछ ? स्वाभाविक उत्तर छ, मानिस–मानिस भएर नै बाँच्न सकिँदोरहेछ । प्रतिष्ठित नागरिक भएर बाँच्न सकिने हुँदोरहेछ ।
पछिल्लो पुस्ता नै नयाँ वर्ष मनाउने होडमा अगाडि देखिन्छ । इन्टरनेटको सजिलो पहुँचले गर्दा पछिल्ला पुस्ताका हरेक क्रियाकलापमा अनावश्यक परिवर्तनहरु बढेर गइरहेका छन् । देशको वर्तमान अवस्थाबाट नयाँ पुस्ताले केही कुरा सोच्न बाध्य हुनुपर्ने देखिन्छ । देशमा युवाको संख्या नै अरुको तुलनामा अधिक नै छ । देशको धेरै जनसंख्या ओगटेर रहेको युवापुस्ता लहलहैमा लागिराख्ने र समय कटेपछि परदेश ताक्ने यही परम्परा कायम रहिरहने हो भने फेरि यो नयाँ वर्ष २०७१ पनि अघिल्ला नयाँ वर्षहरुझैँ आएको मानिन्छ, अनि पहिलाका वर्षहरुझैँ जान्छ र फेरि अर्को नयाँ वर्ष २०७२ हुँदै अरु थुप्रै नयाँ वर्षहरु आउँदै–जाँदै गर्छन् । अनि, हामीले पनि पहिले र अहिलेझैँ नयाँ वर्षले नयाँ जोश, जाँगर ल्याओस् र हार्दिक मंगलमय शुभकामना भन्दै शुभकामनाका सन्देशहरु पठाइरहेका हुनेछौँ ।
नयाँ वर्षको अवसरमा अब शुभकामनाका सन्देशभन्दा पनि आफूले गर्ने नयाँ कामको प्रतिबद्धता साथीहरुको मोबाइल र फेसबुक पेजमा पढाउने नयाँ चलनको विकास गर्न आवश्यक छ । देशका लागि केही गर्नेछु भनेर शपथ खाने दिनका रुपमा पनि नयाँ वर्षलाई विकास गर्न आवश्यक छ । नयाँ वर्षको पहिलो एक दिनमा मात्र उल्लेख्य केही गर्न सकिएको हुँदैन । त्यस खास दिन नयाँ कामको संकल्प गर्ने र बाँकी दिन त्यही संकल्पलाई पूरा गर्ने दिनका रुपमा प्रत्येक एक वर्षलाई विकास गर्न सकेमा मात्र व्यक्तिगत आचरणमा सुधार र व्यावहारिक जीवनमा सफल बन्न सकिन्छ । अब नयाँ वर्ष भन्दै शुभकामनाको प्रचारप्रसारमा कुद्नभन्दा नयाँ कामको तालिका वा व्यक्तिगत आचरणमा रहेका कमीकमजोरीमा सुधार गर्नतर्फ पो लाग्ने कि ?
नयाँ वर्षको आगमनदेखि नै प्रत्येक महिनाको अन्त्यमा प्रत्येक दिनको समीक्षा गर्दै जाने बानी बसाल्न सकेमा पनि जीवन सफल तरिकाले जिउन सकिने हुन्छ ।  नयाँ वर्षका प्रत्येक दिनदेखि दैनिक एक–एकवटा शब्दको अर्थ खोजियो भने वर्ष बित्दा तीन सय पैँसट्ठी शब्द दिमागमा भण्डारण गर्न सकिन्छ । त्यसले पनि राम्रै फाइदा पुगेको हुन्छ जीवन जिउनलाई । सके दैनिक नसके पनि मासिक तालिका बनाएर मन लागेको विधालाई तालिकामा पारियो भने त्यसबाट पनि छिट्टै प्रगति गर्न सकिन्छ ।
यसै नयाँ वर्षदेखि तपाईं मासिक रुपमा आफूले गरेका कामको समीक्षा गर्ने बानी बसाल्नुभयो मात्र भने पनि तपाईं अरु धेरै मानिसभन्दा केही भिन्न र आकर्षक व्यत्तित्व बनाउन सक्नुहुने छ । मानिसकोे यस खालको चरित्रसँग एउटा शक्ति पनि जोडिएर आएको हुन्छ । समीक्षामा तपाईं आपूm कति सफल, कति असफल ? कति विजयी, कति पराजयी ? स्वयं मूल्यांकन गर्नुहुने छ र त्यसपछि असफल र पराजयको कारण खोजी गरी सुधार गर्न तत्परता देखाउनुहुने छ । मानिसमा आफूलाई नलागेसम्म कसैले भनिदिएको भरमा परिवर्तन हुँदैन । तर, जब मानिस उसैलाई महसुस हुन्छ, तब मानिस सुधारिन समय लाग्दैन । मानिसले आफ्नो जीवनका बारेमा पैmसला दिन कुनै खास दिन नै कुर्नुपर्ने त होइन, तर नयाँ काम नयाँ दिनमा गर्दा सधैँका लागि सम्झन भने पक्कै पनि सजिलो हुन सक्छ । नयाँ वर्षसँगै धेरै जिम्मेवारी पनि सँगै आइरहेका हुन्छन् । त्यसलाई कसरी सोच्ने भन्ने सोचाइमा भर पर्छ ।
नयाँ पुस्ताका युवाहरुले पछिल्लो समयमा प्रत्येक चाड नयाँ शैलीबाट मनाउन चाहेका छन्, यो राम्रो होइन । युवापुस्ता यस्तो शैलीलाई अभियानकै रुपमा अगाडि बढाउन चाहन्छन्, जसको नतिजा राम्रो नहुन सक्छ । यो कुरा समयमै सोच्न आवश्यक छ । युवाहरुको यो शैलीप्रति थोरै मानिस मात्र बेखबर छन् । मानिसहरु चाड मनाउनकै लागि एक्लै घरबाट बाहिर टाढा निक्लने कुरा पनि राम्रो मान्न सकिँदैन ।

Related Posts

यौन शिक्षा र विद्यालय

यौन शिक्षा र विद्यालय

देश बचाउन नागरिकको दायित्व महत्त्वपूर्ण

देश बचाउन नागरिकको दायित्व महत्त्वपूर्ण

अध्ययनको आनन्द ! [लक्ष्मणरेखा]

अध्ययनको आनन्द ! [लक्ष्मणरेखा]

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In