भरतपुर महानगरको बजेट साढे तीन अर्ब पुग्ने अनुमान

अन‌ि यो पनि

भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे तीन अर्बको बजेट ल्याउने तयारी गरेको छ । छैटौँ नगरसभाको अन्तिम तयारीमा रहेको महानगरले गत आवमा भन्दा १३ करोड बढी बजेट ल्याउने छैटौँ नगरसभा आयोजना समितिले जनाएको छ । महानगरले गत आव २०७६/७७ मा तीन अर्ब ३७ करोड ३१ लाख रूपैयाँको बजेट ल्याएको थियो ।

महानगरले योजना छनोट गरेर खर्च गर्न पाउने बजेटको सीमा एक अर्ब ६ करोडमात्रै रहने छैटौँ नगरसभा आयोजना समितिका सदस्यसचिव असीम रेग्मीले जानकारी दिए । महानगरले चलाउन मिल्ने बजेटको सीमा निर्धारण गरेर आयोजना तथा कार्यक्रम पठाउन सम्बन्धित महाशाखा तथा शाखाहरुलाई निर्देशन दिइएको उनले बताए ।

‘हामीले चलाउन मिल्ने बजेटको सीमा निर्धारण गरिएको हो’, उनले भने, ‘जनसहभागिता, सरकारको ससर्त, समपूरक र विशेष अनुदानबाट प्राप्त बजेट हामीले चलाउन मिल्दैन, चलाउन नमिल्ने बजेट करिब एक अर्ब ६० करोड पुग्छ होला ।’

महानगरले आन्तरिक स्रोत, नेपाल सरकारको समानीकरण र राजस्व बाँडफाँट तथा प्रदेश सरकारको समानीकरण र राजस्व बाँडफाँट, त्यस्तै प्रदेश सरकारको समानीकरण र राजस्व बाँडफाँटबाट प्राप्त जम्मा एक अर्ब ८३ करोड रूपैयाँमात्रै चलाउन पाउने उनले बताए ।

यसबाट महानगरका हरेक वडालाई एक–एक करोड गरी जम्मा २९ करोड र प्रशासनिक खर्चमा करिब ४८ करोड रूपैयाँ छुट्टयाउने तयारी छ ।

महानगरले चलाउन नमिल्ने बजेट एक अर्ब ६० करोडभन्दा बढी पुग्ने अनुमान छ । जसमा जनसहभागिता, नेपाल सरकारको ससर्त अनुदान, विशेष अनुदान, समपूरक र प्रदेश सरकारको ससर्त र समपूरक अनुदानबाट प्राप्त हुने बजेट रहन्छ । चलाउन नमिल्ने बजेटका योजना तथा कार्यक्रमहरु संघ र प्रदेशले नै तोकेर पठाउने उनले बताए । भरतपुर महानगरपालिकालाई संघले एक अर्ब ५६ करोड र बागमती प्रदेशले १२ करोड ९७ लाख रुपैयाँ दिएको छ ।

सीमा निर्धारण यस्तो छ

महानगरपालिकाको स्रोत, अनुमान तथा बजेट सीमा निर्धारण समितिको शनिबार बसेको बैठकले आयोजना तथा कार्यक्रमका लागि क्षेत्रगत सीमा तोकेको हो । सीमा र मापदण्डभित्र रहेर असार ८ गतेभित्र योजना तथा बजेट शाखामा क्षेत्रगत बजेट तथा कार्यक्रम उपलब्ध गराउन निर्देशन दिइएको छ । महानगरको छैटौँ नगरसभा असार १० गते हुँदैछ ।

महानगरले खर्च गर्न पाउने बजेटमध्ये सबैभन्दा धेरै सहरी पूर्वाधार र भू–उपयोग तथा बस्ती विकासमा ४४.३ प्रतिशत राखिएको छ । यसमा ४७ करोड ३० लाख ९७ हजार ३३७ रूपैयाँ निर्धारण गरिएको महानगरको वेबसाइटमा जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, कृषि विकासमा आठ करोड ५० लाख (८ प्रतिशत), पशु विकासमा सात करोड (६.५ प्रतिशत), शिक्षामा नौ करोड (८.४ प्रतिशत), युवा तथा खेलकुदमा दुई करोड (२ प्रतिशत) र वातावरण संरक्षण एवम् विपद् व्यवस्थापनमा आठ करोड (७.५ प्रतिशत) रूपैयाँको सीमाभित्र रहेर क्षेत्रगत बजेट तथा कार्यक्रम उपलब्ध गराउन भनिएको छ ।

स्वास्थ्य सेवामा नौ करोड ५० लाख (८.९ प्रतिशत), रोजगारी सिर्जना तथा सहकारीमा चार करोड (३.७ प्रतिशत), उद्योग, वाणिज्य र निजी क्षेत्रसँग सहकार्यमा एक करोड ५० लाख (१.४ प्रतिशत), संस्कृति तथा पर्यटन प्रवद्र्धनमा तीन करोड (२.८ प्रतिशत), लक्षित वर्ग उत्थान, सशक्तीकरण एवम् सामाजिक समावेशीकरणमा २ करोड ५० लाख (२.३ प्रतिशत) बजेट सीमा छ ।

सुशासन, प्रविधि प्रयोग तथा डिजिटल प्रणाली प्रवद्र्धनमा २ करोड ५० लाख (२.३ प्रतिशत) र राजस्व प्रशासन तथा वित्तीय सुशासनमा २ करोड (१.९ प्रतिशत) सीमा निर्धारण गरी आयोजना तथा कार्यक्रम तयार गर्न महाशाखा तथा शाखाहरुलाई भनिएको छ । महानगरमा १२ वटा महाशाखा र शाखाहरु रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया