मोतिरामको सकियो २७ दिने आइसोलेसन बसाईं

अन‌ि यो पनि

हेटौँडा । लगातार २७ दिनसम्म आइसोलेसनमा बस्नु परेका मोतिराम पोखरेल शनिबार डिस्चार्ज भएका छन् ।

जेठ १४ गते कोरोना भाइरस संक्रमण भएर हेटौँडाको कर्रामा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का पोखरेल आज डिस्चार्ज भएका हुन् ।

भारतबाट हेटौँडा फर्किएर सीधै आइसोलेसन वार्डमा रहेका उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पाँचपटकसम्मको स्वाब परीक्षणको क्रममा उनीमा पोजेटिभ देखिएपछि छैठौँ र सातौँ पटकको परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

उपमेयरले गरिन् बिदाइ

पोखरेललाई हेटौँडा उपमहानगरपालिकाका उपमेयर मीना लामाले आइसोलेसनबाट बिदाइ गरेकी छिन् । पोखरेल लामो समयसम्म आइसोलेसनमा बस्ने नेपालकै थोरै कोरोना संक्रमण भएकाहरुमा पर्छन् । त्यसकारण उनको सफल उपचार अरुको भन्दा फरक ढंगले लिएको हेटौँडा अस्पतालका डा हरि खड्का बताउँछन् ।

उनको बिदाइमा हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरूषोत्तम सेढाईं, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ, मेडिकल ल्याव एसोसिएसन मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौँलागाईंलगायतको उपस्थिति रहेको थियो ।

उनी अब मापदण्डअनुसार होम क्वारेन्टाइनमा बस्नेछन् । हेटौँडाको आइसोलेसन वार्डबाट कोरोनामुक्त भएर घर गएका उनी हेटौँडाका पहिलो व्यक्ति भएको आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईंले बताए । हाल आइसोलेसनमा मकवानपुरका ६ जना कोरोना संक्रमितसमेत रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया