मेघौली जाने वैकल्पिक सहायक राजमार्ग

अन‌ि यो पनि

भरतपुर । जिल्लाको पर्यटकीय गन्तव्य मेघौली जाने सडक वैकल्पिक सहायक राजमार्ग भएको छ । भरतपुरबाट रामपुर, चनौली, मेघौली हुँदै घोलाघाटसम्म जाने सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्ग बनाएको हो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अब उक्त सडकको स्तरोन्नति र मर्मतलगायतका काम सडक विभागअन्तर्गत आउने छ । सडक विभागले बजेट विनियोजन गरी बहुवर्षीय योजनामार्फत् सडकको काम गर्न यसले सहज बनाउने भएको छ । उनका अनुसार सो सडकको सबै क्षेत्रमा कम्तीमा सात मिटर फराकिलो कालोपत्रे हुनेछ ।

आगामी वर्षका लागि रू. तीन करोड बजेट विनियोजन भएको शर्माले जानकारी दिए । डिभिजन सडक कार्यालय चितवनका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार सो सडक ३५ किलोमिटर छ । विगतका वर्षमा पटकपटक सडक भत्किएर स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । सो सडकको पूरै भाग भरतपुर महानगरपालिकाभित्र पर्दछ ।

महानगरको सबैभन्दा लामो सडक यही हो । महानगर प्रमुख रेनु दाहालले महानगर र चितवन–३ का सांसद् पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै पत्र मन्त्रालयमा पठाएर सडकलाई वैकल्पिक सहायक राजमार्गमा रुपान्तरण गरिदिन आग्रह गरिएको बताइन् ।

प्रमुख दाहालले अब उक्त सडकको लागि महानगरले लगानी गर्न नपर्ने बताइन् । पश्चिम चितवनका जनताका लागि मह¤वपूर्ण यस सडकले पर्यटकीय क्षेत्रलाई राजमार्गसँग जोड्ने भएकाले यसको मह¤व धेरै भएको दाहालको भनाइ थियो । सडकका कारण सदरमुकाम आवतजावतमा नै समस्या हुने गरेको भन्दै उनले आफ्नो आग्रहलाई मन्त्रालय र विभागले स्वीकारेको बताइन् ।

जिल्लाको मह¤वपूर्ण पर्यटकीय गन्तव्य मेघौली भएको भन्दै उनले त्यस क्षेत्रको विकासमा पनि यस सडकको भूमिका उल्लेखनीय रहने बताइन् । सडकको अन्तिम विन्दु गोलाघाट राप्ती र नारायणी नदीको मिलनविन्दु हो । जहाँ सूर्यास्तसँगै वन्यजन्तु हेर्न पर्यटक पुग्ने गर्दछन् । रासस

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया