पूर्वी नवलपरासीमा १७ संक्रमित थपिए

अन‌ि यो पनि

परासी । पूर्वी नवलपरासीमा शनिबार थप १७ जनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नवलपुरमा संक्रमितको संख्या ११६ पुगेको छ ।

११६ जनामध्ये दुई जना उपचारपछि निको भएर फर्किएका छन् भने ३ जना नेपाल सरकारको निर्देशिकाअनुसार उपचारपछि घर फर्किएका छन् ।

शनिबार देवचुलीका दुई जना, मध्यविन्दुका दुई जना, विनयी त्रिवेणीका एक जना, बुलिङटारका ११ जना र बौदीकालीका एक जना गरी १७ जना संक्रमित थपिएका हुन् । ती सबै भारतबाट आएका हुन् । संक्रमित पुष्टि भएका सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि लैजाने तयारी भइरहेको छ ।

छुट्टाछुट्टै तीन वटा परीक्षण प्रयोगशालाबाट जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई प्राप्त भएको जानकारीअनुसार कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले नवलपुरका थप १७ जनामा संक्रमण देखिएको जानकारी गराए ।

भरतपुर प्रयोगशालामा भएको परीक्षणमा ५ जना संक्रमित भेटिएका छन् । देवचुलीका २, मध्यविन्दुका २ र विनयी त्रिवेणीका १ जनामा कोभिड–१९ संक्रमण देखिएको छ ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया